संसदीय व्यवस्था अन्तर्गत हुने चुनावलाई कम्युनिस्ट क्रान्तिकारीहरुले कार्यनीतिक विषयको रुपमा लिएर ं चुनावलाई उपयोग गर्ने भन्दा भन्दै संसदप्रति नै आक्रषण बढदै गएको र क्रमसः संसदवादी बन्दै गएका प्रशस्त उदाहरणहरु नेपालमा छन् ।
लेनिनले पार्टी र क्रान्तिको बढी हितमा संसदीय चुनावलाई उपयोग वा बहिष्कार जे गरेर हुन्छ त्यही गर्नुपर्छ भन्नु भएको छ । उहाँले त्यसका लागि क्रान्ति सम्पन्न गर्न पार्टीले के रणनीति लिएको छ ? त्यसका आधारमा संसदीय चुनावलाई उपयोग वा बहिष्कार के गर्ने भन्ने छनोट गरिने एउटा कार्यनीति हो ।
नेपालमा कैयौले आफूलाई माक्र्सवादी, माक्र्सवादी—लेनिनवादी र माक्र्सवादी—लेनिनवादी—माओवादी(माओ विचारधारा) कम्युनिस्ट पार्टी भन्दछन् । यी उल्लेखित नामअनुसार उनीहरुले क्रान्तिका लागि लिएका रणनीति पनि फरक फरक छन् ।
कैयो बर्षदेखि र वर्तमानमा पनि नेपालका माक्र्सवादी—लेनिनवादी— माओवादी(माओ विचारधारा) मान्ने कम्युनिस्टहरुले संसदीय व्यवस्था अन्तर्गत हुने चुनावलाई कम्युनिस्ट क्रान्तिकारीहरुले कार्यनीतिक विषयको रुपमा लिएर ं चुनावलाई उपयोग गर्ने भन्दै आइरहेका छन् ।
कम्युनिस्टहरुमा देखिदै आएको कमजोरी के हो भने लेनिनले भनेका निम्न भनाइलाई वस्तुवादी, द्वन्द्ववादी र बैज्ञानिक विश्लेषण गरेर निष्कर्ष निकाल्नमा असफल पाइएको छ । लेनिनले भनेको — कुनै प्रतिक्रियावादी व्यवस्था अन्तर्गतको कुनै स्थानीय वा केन्द्रीय चुनावमा भाग लिएर यसलाई देस, जनता, पार्टी र क्रान्तिको लागि उपयोग गर्न सकिने स्थिति छ वा यसलाई बहिष्कार गरेर यसो गर्न सकिने स्थिति छ भनेर निर्णय गर्न ठोस परिस्थितिको ठोस आँकलन (विश्लेषण) आवश्यक पर्दछ ।
यही ठोस परिस्थितिको ठोस विश्लेषणलाई सधैभरी माक्र्सवादी दृष्टिकोणका आधारमा नभई मनोगतवादी, अनुभववादी भएर त्यसकै आधारमा परिस्थितिको विश्लेषणलाई गलत तरिकाले उपयोग गर्ने गरी गरेको पाइन्छ ।
ठोस परिस्थितिको ठोस आँकलन (विश्लेषण)को मूल आधार पार्टीको घोषित सिद्धान्त, विचार, कार्यदिशा, रणनीति र त्यसलाई प्राप्त गर्ने कार्यनीति हो । तर नेपालमा क्रान्तिकारी कम्युनिस्टहरुले तत्कालिन कार्यनीतिको छनोट पार्टीको घोषित सिद्धान्त, विचार, कार्यदिशा, रणनीतिलाई विर्सेर व्यक्तिवाद, परिवारवाद र तत्कालिन सरकारमा कसरी जान सकिन्छ, त्यसलाई ठोस परिस्थितिको ठोस आँकलन (विश्लेषण)को मूल आधार मानेको पाइन्छ ।
यसका पछाडि त्यस्ता पार्टी नेतृत्वमा रहेकाहरुको गलत सोंच, स्वार्थ, शैली, संस्कार र संस्कृति आदिबाट पनि ठोस परिस्थितिको ठोस आँकलन (विश्लेषण)मा मनोगतवाद र अनुभववाद हावी भएको पाइन्छ । त्यसैले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि वस्तुवादी, द्वन्द्ववादी र बैज्ञानिक विश्लेषण गरेर निष्कर्ष निकाल्न सक्नुपर्छ । यसरी निकालिएको निष्कर्ष चुनाव उपयोगवारे वा बहिष्कारबारे जे भएनि त्यो निर्णय वा नीति क्रान्ति, पार्टी, देस र जनतालाई हित गर्ने सही क्रान्तिकारी कार्यनीति हुन्छ ।
यसो नभएमा चुनाव उपयोगको कार्यनीति पार्टीभित्रका निश्चित नेता, तिनका परिवार, पार्टीभित्रका निश्ति गुट—उपगुटलाई फाइदा दिलाउने रणनीति नै बन्न पुग्दछ । र परिणाम उपयोगका नाममा चुनावलाई प्रयोग गरेर संकीर्ण स्वार्थ पूरा गर्नेमा हरेक निर्वाचनमा संसदवादी दलदलमा भासिने गरी भागलिन वा उपयोग गर्न पुगिन्छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा चुनावमा भाग लिएर पनि क्रान्ति गरेको र सफल भएको पार्टी लेनिनको नेतृत्वको बोल्सेभिक पार्टी मात्र हो । अन्यथा चुनावमा भाग लिएर पनि क्रान्ति गरेको र सफल भएको पार्टी अरु पाइदैन ।
क्रान्ति गर्न र सफल पार्न बहिष्कारको विकल्प छैन भन्ने दृष्टिकोण झनmभन बलशाली बन्दै गएको छ । क्रान्तिकारी कम्युनिस्टहरुले सर्वहारा वर्गीय क्रान्ति गर्न र सफल पार्न दलाल तथा पुँजीवादी सरकार र संसदलाई त्याग्नै पर्दछ । नत्र सुरुको एउटा क्रान्तिकारी पार्टी दक्षिणपन्थी संसदवादी हुनु र संसदीय भासमा उम्कनै नसक्ने गरी फस्नु, जनताका अगाडि झुट बोल्दै जानु र नेतृत्वमा स्वार्थी र सुविधाभोगीको संख्यामा बृद्धि हुँदै जानु दलाल तथा पुँजीवादी सरकार र संसदप्रतिको मोह बढदै जानु हो ।
नेपालमा आफूलाई माक्र्सवादी—लेनिनवादी—माओवादी कम्युनिस्ट भन्नेहरुमध्ये कैयौले लामो समयदेखि नै चुनावलाई रणनीतिको रुपमा प्रयोग गर्दै आइरहेका छन् । जसमा एमाले र माके त पूर्ण रुपले संसदवादी प्रतिक्रियावादीमा पतन भैसकेका छन् भने मसाल, नेमकिपा पनि त्यही बाटो पच्छाउँदै जाँदा संसदीय भासबाट उम्कनै नसक्ने अवस्थामा पुगेका छन् !
यो प्रक्रियामा एमाले र माके त भाइ काँग्रेसमा रुपान्तरण नै भएका छन् । अवत नेकपा(मसाल)ले पाँचदलीय गठवन्धनका नाममा नेपाली कांग्रेसको रुखलाई भोट माग्दै हिंडने अवस्था आएको छ । यद्धपि त्यसले अझै नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादलाई क्रान्तिको रणनीति र त्यसको लागि चुनावलाई कार्यनीति भन्ने गर्दछ तर व्यवहारमा चुनावलाई रणनीतिको रुपमा सधै भाग लिइरहने प्रवृतिको रुपमा देखा परेको छ । सत्ता स्वार्थको मोहपासमा मसाल नेतृत्व नराम्ररी फस्दै गएको छ । दलाल तथा पुँजीवादी सरकार र संसदको मोहपासमा उक्त पार्टी नराम्ररी फसदै गएको छ । उक्त पार्टीभित्र यही कार्यनीतिको सवाललाई लिए पार्टी दुई धारमा बाडिएको छ । यद्धपि नेकपा(मसाल)भित्रको विद्रोही समूहले पनि संसदीय नीर्वाचनको मोहलाई छाडन सकिरहेको छैन ।
एक पटक संसदमा छिरिसकेपछि फर्केर आएर क्रान्ति वा युद्धमा गएपनि क्रान्तिलाई निर्णायक विजयसम्म नपुराई पुनः घुमीफिरी त्यही संसदवादी खेलमा नै आउँछन् ! भन्ने प्रचण्ड र बाबुरामले प्रमाणित गरिसकेका छन् । यद्धपि तताकलिन सोही पार्टीका नेता मोहनवैद्य किरणले संसदबाट राजीनामा दिएर आफूलाई संसदवादको मोहपासमा बाँधिनबाट मुक्त राख्ने शाहस गरेको इतिहास नेपाली कम्युनिस्ट नेतृत्वमा देखिएको यथार्थता हो ।
आफूलाई संसदवादको मोहपासमा बाँधिनबाट मुक्त राख्ने शाहस प्रथम तत्व हो भने त्सको साथमा हुनुपर्ने अर्को महत्वपूर्ण प्रश्न भनेको एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिको ठोस तयारी गर्न समय र परिश्रम लगाएको छ कि छैन नै हो । पार्टीले क्रान्तिको ठोस तयारी गर्न नसक्दा पार्टीभित्रैबाट दुई थरी विचारहरु मौलाउने अवस्था सृजना हुन्छ, परिणाम पार्टी नेतृत्व एउटा अक्रमण्यताको अवस्थाबाट गुज्रनु पर्ने अवस्था आउँछ । र वर्तमानको विप्लव नेतृत्वले भनेको पार्टीबाट राजीनामा दिई स्वतन्त्र भएर वा अर्को कुनै स्वतन्त्र मान्छेलाई सिंगारेर पनि चुनावमा भाग लिई छाड्ने मार्गतर्फको चयनबाट स्पष्ट हुन्छ । वर्तमानको आफूलाई संसदवादको मोहपासमा बाँधिन लालायित ताजा उदाहरण नेकपाको विप्लव—प्रकाण्ड नेतृत्वको स्खलन नै हो ।
वर्तमानको संसदीय व्यवस्था लेनिनको पालाको दुमाजस्तो नभई यो प्रत्यक्षरुपले साम्राज्यवाद–विस्तारवादजस्ता वैदेशिक शक्तिकेन्द्रहरुद्वारा विकसित, संचालित र सम्प्रेषित दलाल पुँजीवादी संसदीय व्यवस्था हो । र यसमा एउटा सच्चा सर्वहारावर्गप्रति इमान्दार क्रान्तिकारी पार्टीका लागि संसदवादी चुनावलाई क्रान्तिकारीहरुले उपयोग गर्ने सम्भावना छैन, भएनि ज्यादै न्यून छ । यस्लाई उपयोग गर्नु भनेको उल्टै चुनावव्दारा क्रान्तिकारीहरुलाई नै उपयोग गरेर सिद्धाइदिने हो ।
त्यसैले लेनिनको समयमा चुनावको प्रश्न सिद्धान्ततः कार्यनीतिको प्रश्न भएपनि वर्तमानमा व्यवहारतः यो रणनीतिक प्रश्न बन्न गएको छ किनभने प्रथम पुँजीवादी व्यवस्थामा हुने चुनाव सर्वहारा वर्गका लागि महङ्गो चुनावप्रणाली हो । दोस्रो चुनावको उपयोग गर्दा गर्दै यसकै चक्रव्युहमा फर्कनै नसकिने गरी फसेर त्यहीं हराइने र सधै भाग लिइरहने अवस्था हुन जान्छ, तेस्रो सर्वहारा क्रान्तिका लागि वैकल्पिक व्यवस्था र विधिको मार्गेलाई बिर्सिएर यसै दलाल पुँजीवादी संसदीय व्यवस्था, विधि, मार्ग र व्यक्तिहरुलाई समेत संरक्षण र सम्बर्द्धन गर्नतिर लाग्ने हो । जो नेकपा (विप्लव समूह)ले वर्तमानमा यसैमा जोड दिएको पाइन्छ । यो स्पष्टतः निम्न पुँजीवादी चिन्तन—प्रवृति हो । नेकपा(मसाल) र नेकपा (विप्लव समूह)ले आफूलाई यस्तो चिन्तन र प्रवृतिबाट माथि उठनु र उठाउनु आवश्यक छ । नेकपा(मसाल)ले लिएको क्रान्तिविरोधी सोंच—नेकाँलाई वर्गवन्धुका रुपमा लिने र उनीहरुसंग मैत्रीपूर्ण चुनावी गठवन्धन गर्ने यसकै एउटा उदाहरण हो ।

hukumsingh2012@yahoo.com

प्रतिक्रिया

सम्बन्धित खवर