काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिद‌ै गर्दा निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्रता दिएकाे छ । काठमाडौं उपत्यका लगायत देशैभर बहिस्कार आन्दाेलनका कार्यक्रमलाई तीव्रता दिएकाे हाे ।
आज (२०७९ बैसाख ३ गते) क्रान्तिकारी माओवादी पुर्वी काठमाडौं अन्तर्गत गाेकर्णेश्वर नगरपालिकामा चुनाव बहिस्कारकाे कार्यक्रमकाे सुरुवात गरिएकाे छ । पार्टीका केन्द्रीय सदस्य फुर्नाम्गेल माेक्तानकाे नेतृत्वकाे नेतृत्वमा गाेकर्णेश्वर नगर इन्चार्ज ढाेग प्रसाद अधिकारी, काठमाडौं जिल्ला सदस्य राजु लामा,काठमाडौ जिल्ला सदस्य दावा शेर्पा, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल लगायतकाे उपस्थितिमा नारायणटार-जाेरपाटी लगायतकाे क्षेत्रमा पर्चा बितरण र पम्पेलट टास्ने काम सम्पन्न भएको इन्चार्ज अधिकारीले जानकारी दिनु भयाे ।
यसैबीच, आज अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल,महासचिव पेशल दाहाल,सचिव प्रभात भट्टराई,गाेकर्णेश्वर नगर इन्जार्ज ढाेग प्रसाद अधिकारी लगायतको उपस्थितिमा कान्तिपुर क्याम्पस, रास्ट्रिय मा.वि र चामुन्डा मा.वि का इकाईका पदाधिकारीसम्मकाे प्रशिक्षण कार्यक्रम चामुन्डा स्कुलमा सम्पन्न भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर