बाग्लुङमा क्रान्तिकारी माओवादीको गाउपालिका स्तरीय बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न

बाग्लुङमा क्रान्तिकारी माओवादीको गाउपालिका स्तरीय बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न

बाग्लुङ । नेकपा (क्रान्तिकारी मओवादी) ताराखोला गाउपालिका समितिको बिशेष बैठक र प्रशिक्षण कार्यक्रम चैत २९ र ३० गते वडा नम्बर १ भुस्कातमा सम्पन्न भएको छ । गाउपालिका समितिका अध्यक्ष क. गगा प्रसाद गुरुङको अध्यक्षता र युवा लिगका सचिब छम बिकको संचालनमा सम्पन्न उक्त बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सल्लाहकार समतिका अध्यक्ष प्रा.डा. ओम गुरुङले वर्तमान राष्ट्रिय राजनीति र अन्तरास्ट्रिय परिस्थितिबारे प्रशिक्षण दिनु भयो । साथै उहाँले दलाल संसदीय व्यवस्था र प्रतिक्रियावादी राज्य सरकारले घोषणा गरेको बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाइ नेकपा (क्रान्तिकारी माओवादी) ले बहिस्कार गर्ने निर्णय गर्नुको कारण र औचित्य बारे बैठक तथा प्रशिक्षण कार्यक्रमा सहभागी सबैलाई स्पस्ट पर्नु भयो । उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय सल्लाहकार समितिका अर्का सल्लाहकार सदस्य क. अमृत घर्ति मगर (प्रभाश) ले माओवादी केन्द्र नेतृत्वको स्थानीय सरकारले ताराखोला गाउपलिकामा बिकासको नाममा गरेको भ्रस्टाचार, अनिमियतता र अन्य अबैधानिक र अराजनीतिक गतिविधिको भण्डाफोर गर्नु भयो । उहाँले माओवादी केन्द्रको भ्रस्ट स्थानीय नेता तथा कार्य कर्ताहरुले गाउका सिधा साधा जनताहरुलाई बिकासको प्रलोभनमा पारेर वा झुक्याएर वा ललाई फकाई आफ्नो पार्टीमा प्रबेश गराउने भ्रम फैलाउने हुँदा उनीहरुको भ्रम र षड्यन्त्रप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

बैठकले अहिलेसम्मको कामको समिक्षा गर्नुका साथै अबदेखि, नियमित रुपमा बैठक बस्ने, पार्टीको नीति तथा कार्यक्रम समय समयमा जानाकारी गराउन जिल्ला सचिवलाई अनुरोध गर्ने, कार्यकर्ता प्रशिक्षणको व्यवस्था गर्न जिल्ला पार्टी सचिबसंग समन्वय गर्ने, संगठन निर्माण र बिस्तार गर्न जोड दिने, मासिक लेबी किटान गरी उठाउने, स्थानीय सरकारबाट प्राप्त हुने गाउ विकास र जनताका आधारभूत सेवा सुविधाकाका कार्यक्रम लागु गर्न÷गराउन वडा कार्यालय र गाउ पालिकामा हस्तक्षेपकरी भूमिका खेल्ने, माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुले अनेक जालझेल गरी नेकपा (माओवादी केन्द्र) समर्थित स्थानीय नेता÷कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रबेश गराउने जस्ता गैरराजनीतक कार्यको सशक्त बिरोध गर्ने र दलाल प्रतिक्रिवादी राज्यसत्ताका जनविरोधी र राष्ट्रबिरोधी नीति तथा कार्यक्रमको भण्डाफोर गर्ने प्रस्ताबहरु पारित गरेको छ ।

उक्त कार्यक्रममा गत साता बाख्रा पालनको समापन कार्यक्रमा राम्रो काम गर्ने केही महिला तथा पुरुष किसानहरुलाई सम्मान गर्ने हो भनी नेकपा (क्रान्तिकारी माओवादी) का इमान्दार कार्यकर्ताहरु मनु गुरुङ, कमला बिक, टिकाबहादुर गुरुङ, मन कुमारी गुरुङ र हिरासिंह छन्त्याल लगायत अन्य सिधा साधा व्यक्तिहरुलाई छुट्टै हलभित्र लगी उनीहरुको इच्छ्या बिपरित गाउपालिकाका उपाध्यक्ष दिलकुमारी पुन र वडा नम्बर १ का महिला सदस्य गौरी गुरुङले अबिर र खादा लगाई दिएर सो दिनदेखि उनीहरु मओवादीकेन्द्रमा प्रवेश गरेको भनी सामाजिक संजाल मार्फत प्रचार प्रसार गरेकाले उनीहरुको त्यस्ता गैर राजनीतिक कार्यको घोर भ्रत्सना गर्दै मनु गुरुङ, कमला बिक, टिकाबहादुर गुरुङ, मन कुमारी गुरुङ र हिरासिंह छन्त्यालले संयुक्त प्रेस बिज्ञप्ति मार्फत आफुहरु अविचलित रुपमा नेकपा (क्रान्तिकारी माओवादी)मै आवद्ध रहेको जानाकारी गराउनुका साथै उनीहरुको गैरराजनीतिक कार्यप्रति सजग रहन सबैलाई आग्रह गरेका छन् । सोही अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) को नीति तथा कार्यक्रमलाई मन पराउने तथा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीप्रति आस्था तथा बिश्वास राख्ने लिलबहादुर बिक, शान्ति पुन, लिला बिक, भीमकुमारी बिक र छलिमाया बिक क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गरे । नव प्रबेशीहरुलाई सल्लाहकार समितिका सदस्य क. अमृत घर्ति मगरले रातो टीका लगाई दिएर स्वागत गर्नु भयो ।