विराटनगर / नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिस्कारको कार्यक्रमलाई तिब्ररुपमा प्रचार गरिरहेको छ । पूर्णरुपमा असफल भैसकेको संसदीय व्यवस्थालाई जोगाउनका लागि नागरिकलाई बेवकुफ बनाउने कथित स्थानीय तहको निर्वाचनको बहिष्कारमा उत्रिएको क्रान्तिकारी माओवादीले प्रचारप्रसार अभियानलाई तिब्रता दिएको हो । जनवादी राज्यसत्ता स्थापनाका लागि निरन्तर सडक आन्दोलनमा रहेको क्रान्तिकारी माओवादीले यहि वैशाख ३० गते शेरबहादुर देउवा सरकारले गराउने निर्वाचनको सक्रिय बहिष्कार गर्ने घोषणा गरिसकेको छ ।

पहलो चरण अन्तर्गतको प्रचारप्रसारको कार्यक्रममा आक्रमक रुपमा जुटेको क्रान्तिकारी माओवादीले प्रदेश नम्बर १ को राजधानी समेत रहेको विराटनगरका हरेक चौक तथा बस्तीहरुमा पोष्टर टाँसेको देखिन्छ ।
हत्या ,हिंसा ,दमन ,लुट ,आतक ,भ्रष्टचार अन्याय ,अत्याचार र राष्ट्रघात गर्ने वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र विकल्पमा जनगणतन्त्रको स्थापनाका लागि संघर्षमा उत्रन उद्घोष गर्दै क्रान्तिकारी माओवादीले मोरङ जिल्लाभरी पोष्टर टाँस्ने ,पर्चा वितरण गर्ने काम गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज विद्रोहीले बताउनु भयो ।

उहाँले मोरङ जिल्लाका १७ वटै स्थानीयतहमा पम्पेलेट टाँस्ने तथा जनताका घरदैलोमा पुगेर निर्वाचन बहिष्कारको औचित्य नागरिकलाई बुझाउने काम भैरहेको जानकारी दिनु भयो ।
यसरी नै क्रान्तिकारी माओवादीले प्रदेश १ का १४ वटै जिल्लामा प्रतिक्रियावादी निर्वाचन बहिष्कारको कार्यक्रमलाई अगाडि बढाएको नेकपा९क्रान्तिकारी माओवादी० का प्रदेश सेक्रेटरी उदयले बताउनु भयो । उहाँले वर्तमान राज्यसत्ताका कार्यपालिका ,व्यवस्थापिका तथा न्यायपालिका तीनओटै अङगहरु असफल बन्दै गएकाले पार्टीले जनविरोधी निर्वाचनको सशक्त बहिष्कार गरेको भन्दै पार्टी कमिटि पहिलो चरणको कार्यक्रम अन्तगत प्रचारप्रसारको काममा लागि परेको जानकारी गराउनु भयो । सेक्रेटरी उदयले राष्ट्रियता,जनतन्त्र र जनजीविकाका समस्या थप गम्भीर र विकराल बन्दै गएका कारण संसदीय व्यवस्थाको भण्डाफोर गर्न सबै लाग्नु पर्ने धारणा राख्नु भयो ।































