बैशाख २ सूर्खेत ।
नेकपा (क्रान्तिकारी माओवादी) आवद्ध क्रान्तिकारी युवा लिग नेपाल कर्णालि प्रदेशको आयोजनामा विभिन्न माओवाद घटकमा विभाजित कमरेडहरुलाई गोल वन्द गर्न आयोजित पुनर्मिलन कार्यक्रममा नेकपा, नेकपा र माओवादी केन्द्र, लगाएत पार्टीका विकास विष्ट कैलालि, दिपक शाही सुर्खेत, चन्द्र विक्रम शाही जाजरकोट, एल जि मगर वाँके, धनमान हमाल कालिकोट, कविराम रोकाया रुकुम पश्चिम, दिवाकर सिंह जाजरकोट, प्रकाश थापा दैलेख, सविना सिंह कालिकोट, गगन सुनार सुर्खेत, मनोज कुमार राजि सुर्खेत, झलम वुचामगर सुर्खेत र मदनराज देवकोटा कालिकोट लगाएतका दर्जनौं कमरेडहरु एकताबद्ध हुनु भएको छ ।

उक्त कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै चन्द्रविक्रम शाहीले दस बर्षे जनयुद्ध लडेर आएको हु, विडम्बना जनयुद्धको नेतृत्वले आत्मसमर्पण र गद्दारी गरेपछि, हामी विप्लवको नेतृत्वमा काम गर्यौं, विप्लव पनि राजनैतिकरुमा पलायन, आत्मसमर्पण, र क्रान्तिलाई विसर्जन, प्रतिक्रियावादी, दलाद संसदिय कित्तामा परिणत गरेकाले अब महासचिव किरणले नेतृत्व गरेको सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित हुन पाउँदा आफ्नै घरमा आएको अनुभुति र गौरवान्वित भएको छु । साथै यो पार्टीले क्रान्तिकारीलाई धोका दिने छैनन् भन्ने विश्वास लिएको छु भन्नू भयो .

अर्का सहभागी विकास विष्ट कैलालीले देश र जनताको मुक्तिका खातिर छविलाल दाहालको नेतृत्वमा भएको क्रान्तिले सर्वहार वर्ग र श्रमजीवी वर्गको मुक्तिगर्न भनी होमाईएको जनयुद्धमा जनताका मुक्तीका आकांक्षालाई तुहाउदै आत्मसमर्पणवाद र विसर्जनवादमा पलाईन गरि लम्पट सर्वहारा अधिनायकवादी फिरंङ्गीहरुको टाङमुनि छिरि जनयुद्धका सम्पूर्ण उपलब्धिलाई तिलान्जलि दिदै, क्रान्तिलाई विसर्जन गरि प्रतिक्रान्तिमा रुपान्तरण गरेकोमा हामी सच्चा देश भक्त मालेमावादी प्रगतिशील क्रान्तिकारीहरुले चिहानको अस्तु समातेर पुःन देश र जनताको मुक्तिको खातिर फेरि देशमा नयाँजनवादी क्रान्ति सम्पन्न गर्न सम्पूर्ण कार्यभार हाम्रो महान तथा गौरवसालि पार्टी नेकपा ( क्रान्तिकारी माओवादी) मा एक मुट्ठी सास रहुँन्जेलसम्म देश जनताको परिवर्तनका आन्दोलनमा लडिरहने प्रतिबद्धता गर्दै आजका मिति देखि यस पार्टीमा एकतावद्धता भएका छौ भन्नु भयो ।
उक्त पुनरमिलन कार्यक्रममा शुभकामना बधाई मन्तव्य दिदै पार्टीका केन्द्रीय सदस्य कमरेड किरणले, हरेक आन्दोलन र क्रान्तिकारी को छुट्टै पहिचान बोकेको भेरि कर्णालि राज्य हालको कर्णालि प्रदेश वास्तवमै क्रान्तिको अग्र मोर्चामा रहको भुगोल हो। वर्तमान दलाल तथा नोकरशाही पुँजिपति र सामान्त वर्गीय राज्य सत्ता तथा व्यवस्थाका विरुद्ध नयाँजनवादी राज्य सत्ता स्थापनाका निम्ति विगत देखि हाल सम्म निरन्तर जन आन्दोलन र जनयुद्ध हुँदै आएका छन्। ती विशाल काहालि लाग्दा संघर्षहरुमा जनताका महान छोरा छोरिहरुले तमाम किसिमका चरम यातना भोगि शाहदत प्रप्त गरेका थए, परन्तु प्रतिक्रियावादी षडेन्त्र लवसरवाद र गद्दारिका कारण ती तमाम संघर्ष वलिदानिहरुको सारथक्ता र सफलता प्रप्त हुन सकेन ततपस्चात विसर्जनवाद र आत्म समर्पणवादका कारण क्रान्तिले प्रति क्रन्तिको रुप धारण गर्यो अत प्रतिक्रान्तिहरुलाई ससस्त्र द्धन्दमा वलिदान दिने सहिद, घाईते, अपाङ्गहरुले सराप दिने हुन कि आश्रिवाद हुन ? भविष्य ले वताउने छ ।
पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज प्रकाशले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०७९ साल सम्म आईपुग्दा युद्धको नेतृत्व कर्ता संसदवादमा पतन र सैद्धान्तिक विचलन भए पछि, हामिले क्रान्तिकारी कम्युनिस्ट पार्टी निमार्ण गरेका हौं, त्यसैले कमरेडहरु एकतावद्ध हुन भएकोमा धन्यवाद छ । यो पार्टी छविलाल र वावुराम जस्ता छद्मभेषि गद्दारका कारण यो पार्टीलाई जनवादी व्यवस्था स्थापना नभए सम्म विश्राम हुन दिने छैनै, विभिन्न आरोह अवरोह पार गर्दै यहाँ सम्म आएका छौ हामी कोहि ठुलो र सानो हुने छैनै सवै समान हैसियतका साथ अगाडि वढ्ने छौ भन्नू भयो ।
पुनरमिलन कार्यक्रमका प्रमुख वक्ता पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सेक्रेटरी प्रकाशउर्जाले वर्तमान राष्ट्रिय राजनिती र राष्ट्रिय परिस्थितिको सटिक विश्लेषण गर्दै चरम संकटमा गुर्जिएको नेपालको राजनीति अवस्थ र नवउदारवादी नीति संग सम्बन्धित साम्राज्यवादी र विस्तारवादको चरम हस्तक्षेपका करण देश संकटमा परेको छ। मालेमावादको गौरव पुर्ण इतिहास जनआन्दोलन जनयुद्धको रक्षा र उपलब्धिलाई संस्थागत गर्न अधुरो क्रान्तिलाई पूरा गर्न घरेलु प्रतिक्रियावादी र विदेशि साम्राज्यवादीलाई प्रास्त गर्न नयाजनवादी क्रान्तिको अपरिहार्यता भएको कुरा सम्बोधनको क्रममा वताउदै आजको पुनरमिल कार्यक्रमा एकताबद्ध हुनु भएका प्रगतिशील कम्युनिस्ट क्रान्तिकारी नौजवान योद्धाहरुलाई, लड्नको लागि वाँच, वाच्नको लड! भन्ने उदगारका साथै हाम्रो सम्बन्ध चिनी पानी जस्तै हुनेछ भन्दै खादा र अविर लगाई बधाई तथा धन्यवाद दिनु भयो ।
स्वागत मन्तव्यकै क्रममा केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी एस वि ले चरम संकटमा परेको राज्य व्यवस्था र आक्रान्त भएका जनताको मुक्ति निम्ति जनवादी राज्य व्यवस्थाको स्थापना गर्न हाम्रो पर्टी प्रतिबद्ध भएको हुदा विभिन्न पार्टीमा रहनु भएका कम्युनिस्ट क्रान्तिकारीलाई एस पार्टीमा पुनरमिलन हुन आउनु भएकोले कमरेडहरुलाई स्वगत गर्दै अधुरो क्रान्तिको कार्यभार पूर्ने जिम्मेवारी तपाईं नौजवानहरुको काँधमा भएको कुरा व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा कार्यक्रमका सभा अध्यक्ष क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सचिवालय सदस्य विकल्पले युवा देशका मेरुदण्ड हुन हरेक आन्दोलनमा र क्रान्तिका सम्बाहक पनि युवा नै हुन २००७, २००८, २०२८, २०३६, २०४६, २०५२ साल र २०६२÷०६३ जनआन्दोलनमा पनि देशर जनताको मुक्ति र परिवर्तनका खातिर अग्र मोर्चामा रही सक्रिय सहभागीता जनाएका थिए। जसरि श्रमजीवी सर्वहारा जनताले मुक्ति र न्याय पाएनन् ठिक त्यसै गरि प्रगतिशील क्रान्तिकारी युवाहरुले पनि आफ्ना अधिकार र हक प्राप्त गरेका छैनन् , तसर्थ युवाहरु देश र जनताको निम्ति हुने आन्दोलन र क्रान्तिमा सचेत पुर्ण ढंगबाट लामबद्ध हुन आवान गर्दै, धोकेवजहरुले विसर्जन गरेको क्रान्तिलाई जनयुद्धको जगमा ससस्त्र जनविद्रोहको अधुरो क्रान्ति पूरा गर्ने कार्यवार तपाईं हामी तमाम युवाहरुको काँधमा रहेको कुरा वताउदै पार्टीको आगामि कार्य योजना र कार्यदिशालाई ससक्तरुपमा बढाउने प्रतिबद्धता व्यक्त गर्दै सभा समापन गर्नु भयो ।






























