नेकपा ( क्रान्तिकारी माओवादी ) काठमाडौं टोखा, तारकेश्वर र बुढानिलकण्ठ नगरहरुको संयुक्त आयोजनामा स्थानीय निर्वाचन बहिष्कार सम्वन्धी कार्यक्रम सम्पन्न

नेकपा ( क्रान्तिकारी माओवादी ) काठमाडौं टोखा, तारकेश्वर र बुढानिलकण्ठ नगरहरुको संयुक्त आयोजनामा स्थानीय निर्वाचन बहिष्कार सम्वन्धी कार्यक्रम सम्पन्न

बैशाख २ काठमान्डौ ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) काठमाडौंको टोखा, तारकेश्वर र बुढानिलकण्ठ नगरहरुको संयुक्त आयोजनामा आज टोखा नगरको बसुन्धरामा एक कोणसभा सम्पन्न गरियो ।


प्रतिक्रियावादी निर्वाचन बहिष्कार संयुक्त अभियानका संयोजक प्रवीणको अध्यक्षमा आयोजना गरिएको उक्त कोणसभामा प्रमुख अतिथिका रुपमा नेकपा ( क्रान्तिकारी माओवादी )केन्द्रीय सदस्य तथा अभियानका कमान्डर रीनाको प्रमुख आतिथ्यमा र सन्ध्या अतिथि रहेको सो कथित स्थानीय निर्वाचन बहिष्कार अभियान विरोध तथा भण्डाफोर कार्यक्रम भव्य रुपमा सम्पन्न भएको मूलबाटो डट् कम टोखा सम्वादाताले जानकारी गराएका छन् ।


सो भण्डाफोर अभियान कार्यक्रममा प्रमुख अतित रिनाले “ हाल सत्ताले गरेको राष्ट्रघात , जनघातहरु प्रस्तुत गर्दै आगामी बैशाखमा हुने कथित स्थानीय निर्वाचनले पनि तिनै राष्ट्रघाति, जनघातिहरुलाई नै सरकारमा पुर्याउने भएको हुनाले यस कथित स्थानीय निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने निर्णय गरेको हो “ भन्ने धारणा राख्नु भयो ।
त्यस्तै विरोध सभाका अर्का अतिथि सन्घ्याले “ एमसीसी लगायतका वैदेशिक हस्तक्षेपकारीहरुसंग संझौता गर्ने प्रक्रियावादी सत्ताको अन्त्य गरि नयाँ जनवादी सत्ता निर्माण गर्न आह्वान गर्दै कथित निर्वाचन बहिष्कार अभियानमा सहभागी बन्न आम जनसमुदायलाई अपिल गर्नु भयो । “
बहनले सञ्चालन गरेको उक्त स्थानीय निर्वाचन बहिष्कार भण्डाफोर अभियान कार्यक्रलाई समापन गर्ने क्रममा प्रवीणले “ हाम्रो पार्टीले यस कथित स्थानीय निर्वाचन बहिष्कार तथा भण्डारअभियान वर्तमान भ्रष्ट तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको अन्त्य गरि जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादी राज्यसत्त स्थापना स्थापना गर्ने सामरिक कार्यदिशा भएको बताउँनु भएको थियो ।