चैत्र २९ काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी)विधार्थी संगठनका नेताहरुले पार्टी र संगठनको मुल स्पीरिड अनुसार देशव्यापी रुपमा कथित स्थानिय निर्वाचन बहिष्कार अभियानलाई देशै भरि सशक्त रुपमा संचालन गरिरहेको जानकारी अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले दिनु भएको छ ।


अभियानकै क्रममा अखिल(क्रान्तिकारी)ले ३ नम्वर प्रदेश अन्तर्गत पूर्वि कमाण्डका जिल्लाहरुमा बैठक र अभियानको तयारी चलिरहेको र ललितपुर जिल्ला अन्तरगत नमुना मछेन्द्र मा.विमा मचिन जिमीको अध्यक्षतामा ३५ सदस्यीय मुल ईकाई कमिटि र २ वटा कक्षा कमिटी निर्माण भएका छन् भने, आदर्श शौलमा विशाल भट्टको अध्यक्षतामा मुल ईकाई कमिटि र ३ कक्षा कमिटि निर्माण गरिएका छन् । त्यसैगरी मदन स्मारकमा ३ कक्षा कमिटि निर्माण, पाटन ढोकामा.विमा दिपक थापा मगरको अध्यक्षतामा २५ सदस्यीय ईकाई कमिटि निर्माण भएको छ । त्रिपद्यममा.विमा २ वटा कक्षा कमिटि निर्माण भएको छ ।


उक्त कार्यक्रमहरुमा अभियानमा अखिल( क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शीलु न्यौपाने, सचिव राम तिरुवाको उपस्थित रहेको थियो भने, ललितपुर जिल्ला अभियानलाई सान्दार रुपमा संचालन गर्न स्थानिय विधार्थी नेताहरु अखिल(केन्द्रीय) सदस्य ईश्वर सिहं साउद, विधार्थी नेताहरु विष्णु महर्जन, लाल सिंह धामी, देवेन्द्र धामीहरुको उत्सुकता नियमित रुपमा जिल्लामा अभियान तीवरुपमा संचालन गरिरहेका छन ्। यस्तै अभियानलाई व्यवस्थित गर्न ललितपुर जिल्लामा वैशाख ३ गते प्रशिक्षण र ५ गते जिल्ला भेलाको तयारी र यस्तै गरि काभ्रे, दोलखा र भक्तपुरमा जिल्लाहरुमा समेत बैठक र अभियानको तयारीमा साथीहरु जुटिरहनु भएको जानकारी अखिल(क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर