बैशाख २ बागलुंग ताराखोला
बागलुंग, ताराखोला गाउँपालिका वडा नं. १ बाख्रापालनको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष र वडा नं १ सदस्यले सम्मान गर्ने भनी झुक्याएर अबिर र खादा लगाएर माओवादी केन्द्रमा प्रबेस गराएका नेकपा (क्रान्तिकारी माओवादी) का इमान्दार कार्यकर्ताहरू मनु गुरूंग, टीका गुरूंग, कमला बिक, मनकुमारी गुरू्ग र हीरासिंह छन्त्यालले चैत ३० गते संयुक्त प्रेस बिणप्ति जारी गरी आफुहरू आंफ्नै माऊ पार्टी नेकपा (क्रान्तिकारी माओवादी) मा अबिचलित रूपमा आबध्द रहेकोजानकारी गराउदै कोही भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन ।
सोही दिन एक समारोहबिच वडा नं १ लिसबहादुर बिक, शान्ति पुन, लिला बिक, भीमकुमारी हुक र छलिमाया बिक नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेस गरेका छन् । नवप्रबेसीहरूलाई पार्टी केन्द्रीय सल्लाहकार समितिका सल्लाहकार क. अमृत घर्ति मगर (प्रभास) ले अबिर लगाएर स्वागत गर्नु भयो ।