गत २४ फ्रेवुअरी २०२२ बाट रशियाली विशेष सैन्य कारवाही शुरु भएयता अहिले युक्रेन संकटग्रस्त छ । परिणामहरु युक्रेनसँग मात्र सम्वन्धीत छैनन् वरु विश्वव्यवस्थामा समेत देखापरेकाछन् । युक्रेनका नवनाजी राष्ट्रवादीले रुसीभाषी नागरिकहरु माथी रक्तपातपूर्ण व्यवहार गरेको आरोपमा युक्रेनवाट अलग हुने गरी डोनेस्क र लुहान्स्कलाई रसियाले स्वतन्त्र गणराज्यको मान्यता दिएकोछ । । युक्रेनको नेटो सदस्यता प्रस्ताव विरुद्ध तथा दोनवास क्षेत्रका रुसी भाषीहरुको सुरक्षार्थ तथा रसियाली समर्थित पृथकतावादीहरुको सहयोगको वहानामा रुसी फौजले वेलारुसको सीमावर्ती क्षेत्र, उत्तरी तथा पुर्वीभागबाट एकसाथ युक्रेनमा गरेको सैन्य कारवाही र त्यसबाट उत्पन्न परिणामले क्षेत्रीय तथा अन्तराष्ट्रिय शक्ति सन्तुलनमा अस्थिरता उत्पन्न भएकोछ । युक्रेनको निशस्त्रीकरण र नाजीबादीकरणको अन्त्य गर्ने घोषणासहित रुशले युक्रेनमा सैन्य कारवाही गर्नुको आशय पूर्वसोभियत गणराज्यहरुमा नेटोको विस्तारले रुसी सुरक्षा चिन्ता हो भन्ने अनुमान लगाउन गाह्रो हुँदैन । सन् २००४ मा निर्वाचित भिक्टर यानुकोभिचलाई कथित आन्दोलनका भरमा अपदस्त गरेपछि पश्चिमा समर्थित भिक्टर यास्चेन्कोको उदय युक्रेनमा पश्चिमा रणनीतिको वढदो प्रभावको रुपमा देख्नसकिन्छ । फलस्वरुप छिमेकी रुस र रुसी भाषी युक्रेनीहरु प्रति किभ प्रशासनको रवैयामा नितान्त प्रतिकुल सम्वन्ध विकास भयो । सन् २००६ मा एमसीसी युक्रेन लागु भैसके पछि युक्रेनमा अमेरिकी प्रतक्ष्य हस्तक्षेप वढन थाल्यो । अझ, सन् २०१४ मा क्रिमीयालाई रुसको अंग वनाए पछि पूर्वी युरोपका अन्य देशहरु जस्तै सशंकित युक्रेनले नेटो सदस्यताको लागि अमेरिकी सुरक्षा छातामा समावेश हुने घोषणा नै द्वन्दका प्रमुख कारणहरु हुन् ।
आणविक शक्ति सम्पन्न संयुक्तराज्य अमेरिका र रुस युक्रेन संकटमा रणनीतिक रुपले आमने सामने भएकाछन् । त्यो अवस्था व्यक्तिगत तवरबाट निम्नस्तरको गालीगलौजसम्म झरेको छ । आणवीक सैन्यवललाई उच्चसतर्कताको अवस्थामा राख्दै दुवै मुलुकहरुका उत्तेजित अभिव्यक्तिहरुले विश्वशान्ति तथा सभ्यताका लागि गंभिर चुनौति खडागरेकोछ ।
अल्पविकसित तथा विकासशिल राष्ट्रहरुले विवाद निरुपणका लागि शान्तिपूर्ण समाधानका खातिर शक्तिराष्ट्रहरुलाई दवाव दिन आवश्यक छ । जनस्तरबाट दवाव आवश्यब छ । अव विश्वले अर्को हिरोशिमा र नागाशाकीको त्रासदी व्यहोर्न सक्दैन । माक्र्सबादी चेतनाले साम्राज्यबादी हस्तक्षेपको विरोध गर्दछ । अमेरिकी स्वार्थका लागि यmुक्रेनी जनताहरुले रगत वगाउन आवश्यक छैन । युक्रेनका जेलेन्स्कीहरु र अफगानिस्तानका हमिद कारजाईहरु साम्राज्यबादीहरुको असल सेवक हुन जसले जनतालाई रगतको आहालमा डुवाएर साम्राज्यबादी प्रचारमा आफुलाई नायक घोषणा गर्न उद्यत हुन्छन् ।
७० वर्ष लगाएर सोभियत मजदुर किसान र बैज्ञानिकले निर्माण गरेको ऐतिहासिक औद्योगिक विरासत प्रति जेलेन्स्कीहरु गर्व गर्दैनन् वरु अमेरिकी पाउमा चढाउँछन् । अतः युक्रेनी जनताको आत्मसुरक्षा र बाँच्न पाउने हकको सुनिश्चितता अहिलेको आवश्यकता हो । युध्द त साम्राज्यबादी शक्तिहरुको व्यापार प्रोपागाण्डामात्र हो । समाजबादीहरु रुस तथा युक्रेन दुवै अलग र स्वतन्त्र राज्यहरु न्याय र समानतामा आधारित सवल र सक्षम राष्ट्रको रुपमा हेर्न चाहन्छन् । नेपालकै सन्दर्भमा विकास पूर्वाधार लगभग शुन्यकै अवस्थामा रहेका वेला युक्रेन र रुससहितका पूर्वसोभियत मजदुर किसान र विशेषज्ञहरुको विरासतका रुपमा निर्मित ढल्कृवर पथलैया सडक खण्ड, पनौती जलविद्युत, कान्तीबाल अस्पताल, कृषि औजार कारखाना आदि पूर्वाधार सहयोगलाई नेपालीहरुले मैत्रीपूर्ण सेतुको रुपमा अद्यापि सम्मान व्यक्त गर्दछन् । अहिलेको संकटमा नेपालले तटस्थता वा पक्षधरताको कुरा गर्नु नैतिक वेइमानी मात्र हो ।
युक्रेन संकटको वहानामा अमेरिकी नेतृत्वको नेटो विरुद्ध लडिरहेको रुसका लागि अहिलेको समय सामरिक महाशक्तिको रुपमा पुनर्पुष्टि गर्ने वा नेटोको लाचार छायाँ वन्ने कठिन अग्निपरीक्षा भएकोछ । तर यी दुवै मध्ये कुनै एक विद्यमान भएमा पनि विश्वव्यवस्थामा परिवर्तन आउनेछ । तत्कालीन केजीवी प्रमुख भ्लादिमिर पुटिन विशाल सोभियत संघ विघटनका एक जिवित मतियार पनि हुन । वर्तमान रुसका ओलीगार्कीक पुँजीबादका नायक पुटिनबाट समाजबादको विकासमा योगदानको अपेक्षा त होइन तर अमेरिकी साम्राज्यबादको हस्तक्षेप विरुद्ध शक्तिशाली रुसले कहिलेकाँही निर्वाह गरेको अन्तर्राष्टिूय भूभिकाले खास महत्व राख्दथ्यो । सन् २००० पछि मात्र इरान, उत्तरकोरिया, चिन, म्यानमार विरुद्ध युएन सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल गराउन रुसको भुमिका महत्वपूर्ण छ ।
यस संकटबाट अमेरिका के चाहन्छ ?
एकल ध्रुवीय विश्वको नेतृत्व गर्न सकिने आधार निर्माण गर्न,
विश्ववजारमा जैविक इन्धनमाथि एकाधिकार कायम गर्न,
रुसी आणविक युद्धशिर्षहरुमा नियन्त्रण कायम राख्न,
रुसी साइवरस्पेश हतियारको प्रविधिमाथि नियन्त्रण कायम राख्न,
आन्ध्र महासागरीय तटिय क्षेत्रमा नेटो र एशिया हिन्दप्रशान्त क्षेत्रमा इण्डोपेसिफिक रणनीतिको सैन्य गठवन्धन निर्माण गर्न,
चिन र क्युवा, भेनेज्वेला आदि देशहरुमा शासकीय परिवर्तन गर्न,
उत्तरकोरियाको आणविक क्षमता नष्ट गर्न,
युक्रेनमा युद्ध अवधि लम्व्याउने र रुसलाई लामो अवधिसम्म अल्झाइ राख्ने,
आर्थिक नाकावन्दी मार्फत रुसलाई कमजोर वनाउने,
युएनमा रुसले प्राप्त गरेको भिटो अधिकारबाट वञ्चित गर्न ।
युएनलाई असफल वनाउँदै अमेरिका पहिलोको घोषणा गर्न ।
युक्रेन युद्धमा रुस के चाहन्छ ?
पूर्व सोभियत गणराज्यमा नेटो विस्तार रोक्न,
युक्रेनमा रुसी भाषीमाथि भएको हिंसात्मक विभेद अन्त्य गर्न,
पूर्वीयुरोपमा रुसी वर्चस्व कायम राख्न,
युक्रेनमा रुसी समर्थित सरकार निर्माण गर्न,
रुसी हतियार (हाइपर सोनिक समेत) को विक्रि प्रवद्र्धन गर्न,
भ्लादिमिर पुटिनको घरेलु राजनीतिमा प्रभाव कायम राख्न,
सामरिक महाशक्तिराष्ट्रको हैसियत कायम राख्न,
अहिले युक्रेनमा के गरिदैछ ?
नेटो गठवन्धनबाट लगभग १ ट्रिलियन डलर वरावरको युद्ध सामागृ र मानवीय सहयोग यूक्रेनमा पठाइएकोछ ,
६५ लाख युक्रेनीहरु आन्तरिक विस्थापन र ३३ लाख वाह्य विस्थापनमा परेकाछन्, १८ मार्च, युएन, दोश्रो विश्वयुध्द पछि,
२००१ को युएन सन्धीको भावना विपरित हजारौं लडाकुहरुलाई भाडाको सैनिकमा प्रयोग गरीएको छ र ज्यालादर साप्ताहिक ४००० डलर सम्मको घोषणा गरीएकोछ,
युएन रिपोर्ट अनुसार गैरसैनीक युक्रेनीको हताहति १०८१ पुगेकोछ । २६ मार्च २०२२
जापान, युएस, युके, जर्मनी , इजरायल, (नेटो वैठकको वनदसत्र) लगायतका देशहरुको संसदमा जेलेन्स्कीको म्याराथुन संवोधन जारी ,
कथित द्विपक्षीय वार्ता प्रयास जारी, सिमित मानवीय सहायता मार्ग खुला राख्न सहमति ।
सन १९९१ पछि युध्दमा अमेरिकी संलग्नताका उदाहरणहरु ः
९५ भन्दा वढि क्षेत्रीय युद्धहरुमा युएसको प्रतक्ष्य सँलग्नता ।
अमेरिकी नेतृत्वको इराक युद्धको पहिलो २ महिनामा मात्र ७० हजार भन्दा वढि गैरसैनीक नागरिकको हताहति । रिपव्लिक टिभी, इण्डीया ।
अमेरिकी नेतृत्वको अफगानीस्तान अतिक्रमणवाट २० वर्षमा असम्वन्धीत पाकिस्तानका ८० हजार पाकिस्तानी नागरिक मारिएको खुलासा (प्रधानमन्त्री इमरान खान)
संंकटग्रस्त अफगानिस्थान, सिरिया, लेवनान, लिविया, सुडान, यमन आदि देशमा युएसको प्रतक्ष्य हस्तक्षेप,
सन् १९९९ को सर्वियाली नागरिक माथि अमेरिकी गोलावारीको ३३ औं प्रतिरोध वार्षिकी सर्वियाली राजधानीमा भरखरै सम्पन्न, मार्च २४ ।
दोश्रो विश्वयुद्ध पछि मानव अधिकार रक्षाको नाममा आमनागरिकको सर्वाधिक हताहति अमेरिकी वन्दुकबाट भएको पाइन्छ ।
युक्रेन संकट र समाजबादी आन्दोलन ः
सन् १९१७ अक्टुवर क्रान्ति समाजबादको स्थापना, सन् १९२१ चिनियाँ क.पा.को स्थापना
सन् १९४५ – १९९० समाजबादी आन्दोलनको विकास
सन् १९९१– २०२२ समाजबादी आन्दोलनको रक्षात्मक अवस्था, र दलालपुँजीबादको आक्रामक विस्तार ।
सन् १९९१ पछि पनि पेरु, फिलिपिन्स, नेपाल, भारत, कोलम्विया आदि देशका कम्युनिष्ट पार्टीहरुले चलाएको सशस्त्र विद्रोह कहिँ सझौतामा टुगिएका छन् त कहि अद्यापि सञ्चालनमा छन् ।
निष्कर्ष ः युक्रेन संकट परमाणुशक्तिका दुई मुलुक वीचको प्रत्यक्ष युद्ध भडकाव हो । यो संकट उर्जा, बातावरण र मानवहित विपरित छ । यस संकटमा साम्राज्यबाद हावी भएमा विश्व समाजबादी आन्दोलनलाई गंभिर धक्का पुग्नेछ । यसको प्रतक्ष्य प्रभाव समाजबादी क्युवा, उ. कोरिया, चिनमाथि पर्नेछ । साम्राज्यबाद विरोधी सवै आन्दोलनलाई हिँसात्मक दमन गरेर समाप्त पार्ने साम्राज्यवादी योजना सफल हुनेछ । गरीव मुलुकका सम्पदा र सम्पतिमा साम्राज्यबादीहरुले लुट मचाउने छन् । रिजर्भ बैक अफ अमेरिकामा रहेको अफगानिस्तानको ९ विलियन अमेरिकी डलर सञ्चितिलाई जो वायडेनले ९÷११ का पिडित परिवारलाई वाँडने अभिव्यक्ति भोकै मर्न विवस आफ्नी छोरी समेत विक्रीका लागि राख्नु पर्ने अफगानी नागरिक माथि गरीएको अहिले सम्मकै कुरुप साम्राज्यबादी अत्याचार हो । यो नियति अफ्रिकी, ल्याटिन अमेरिकी र एशियाली मुलुक लाओस, भियतनाम, उ. कोरिया, पूर्वयुगोस्लाभियाले भोगि सकेकाछन् । एमसीसी नेपाल प्याक्ट पनि एशियाली र हिन्द प्रशान्ततटिय क्षेत्रमा सैनिक गठवन्धन निर्माण गर्ने इण्डोपेसिफिक रणनीतिको एक अंग हो । विद्यमान संकटको समाधानका लागि युक्रेनले नेटो सदस्यताको प्रस्ताव त्याग गर्दै नागरिकहरु वीच भाषिक स्वतन्त्रता र त्यसको सम्मान गर्दै छिमेकी मुलुक रुसको सुरक्षा चिन्तालाई सम्वोधन गर्न आवश्यक छ भने रुसले राष्ट्रसंधको वडापत्रलाई सम्मान गर्दै तत्काल युद्ध अन्त भएको घोषणा गर्नु पर्दछ । अतः युक्रेन संकटमा साम्राज्यवादी हस्तक्षेपको निन्दा र भत्र्सना गर्दै उत्पीडित राष्टू, जनता र वर्गहरुको साम्राज्यबाद विरुद्धको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न नेपालको कम्युनिष्ट आन्दोलनका सवै घटकहरु एकजुट होऔं ।
माक्र्सबादी विश्वदृष्टिकोण सहितको समाजबादी विश्वव्यवस्थाको स्थापनाका लागि तत्काल गनु पर्ने कामहरु ः
१. युक्रेन लगायत अन्य देशहरुमा भैरहेको साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपालका समाजबादी आन्दोलनका सवै घटकहरुको संयुक्त विरोध प्रदर्शन गरौं ।
२. सवैखाले साम्राज्यादी हस्तक्षेपका विरुद्ध नेपालका सवै कम्युनिष्ट पार्टीहरु तथा तिनका जनवर्गीय संगठनहरुबाट एकल वा संयुक्त विरोध गरौं ।
३. दक्षिण एशियाली समाजवादी आन्दोलनको वृहत्तर मोर्चा निर्माण गरी विभिन्न देशहरु विरुद्ध भैरहेको अमेरिकी – नेटो हस्तक्षेपको विरोध गरौं ।
४. अमेरिकी कव्जामा रहेको अफगानी जनताको ९ विलियन डलर फिर्ता गरी भोकमरीबाट पिडित अफगानी जनताको रक्षा गरौं ।
५. समाजबादी आन्दोलनको विकास र समाजबादी विश्वव्यवस्थाको स्थापनाका लागि ग्लोवल एलायन्स निर्माण गरौं ।
Alliance for Marxist Movement, Nepal
Kathmandu
2078.12.18





























