युक्रेनमा जारी युद्ध र साम्राज्यबादी विश्वव्यवस्था ः समाजबादीहरुको बैकल्पिक विश्वव्यवस्थाका लागि तात्कालीक कामहरु

युक्रेनमा जारी युद्ध र साम्राज्यबादी विश्वव्यवस्था ः समाजबादीहरुको बैकल्पिक विश्वव्यवस्थाका लागि तात्कालीक कामहरु

गत २४ फ्रेवुअरी २०२२ बाट रशियाली विशेष सैन्य कारवाही शुरु भएयता अहिले युक्रेन संकटग्रस्त छ । परिणामहरु युक्रेनसँग मात्र सम्वन्धीत छैनन् वरु विश्वव्यवस्थामा समेत देखापरेकाछन् । युक्रेनका नवनाजी राष्ट्रवादीले रुसीभाषी नागरिकहरु माथी रक्तपातपूर्ण व्यवहार गरेको आरोपमा युक्रेनवाट अलग हुने गरी डोनेस्क र लुहान्स्कलाई रसियाले स्वतन्त्र गणराज्यको मान्यता दिएकोछ । । युक्रेनको नेटो सदस्यता प्रस्ताव विरुद्ध तथा दोनवास क्षेत्रका रुसी भाषीहरुको सुरक्षार्थ तथा रसियाली समर्थित पृथकतावादीहरुको सहयोगको वहानामा रुसी फौजले वेलारुसको सीमावर्ती क्षेत्र, उत्तरी तथा पुर्वीभागबाट एकसाथ युक्रेनमा गरेको सैन्य कारवाही र त्यसबाट उत्पन्न परिणामले क्षेत्रीय तथा अन्तराष्ट्रिय शक्ति सन्तुलनमा अस्थिरता उत्पन्न भएकोछ । युक्रेनको निशस्त्रीकरण र नाजीबादीकरणको अन्त्य गर्ने घोषणासहित रुशले युक्रेनमा सैन्य कारवाही गर्नुको आशय पूर्वसोभियत गणराज्यहरुमा नेटोको विस्तारले रुसी सुरक्षा चिन्ता हो भन्ने अनुमान लगाउन गाह्रो हुँदैन । सन् २००४ मा निर्वाचित भिक्टर यानुकोभिचलाई कथित आन्दोलनका भरमा अपदस्त गरेपछि पश्चिमा समर्थित भिक्टर यास्चेन्कोको उदय युक्रेनमा पश्चिमा रणनीतिको वढदो प्रभावको रुपमा देख्नसकिन्छ । फलस्वरुप छिमेकी रुस र रुसी भाषी युक्रेनीहरु प्रति किभ प्रशासनको रवैयामा नितान्त प्रतिकुल सम्वन्ध विकास भयो । सन् २००६ मा एमसीसी युक्रेन लागु भैसके पछि युक्रेनमा अमेरिकी प्रतक्ष्य हस्तक्षेप वढन थाल्यो । अझ, सन् २०१४ मा क्रिमीयालाई रुसको अंग वनाए पछि पूर्वी युरोपका अन्य देशहरु जस्तै सशंकित युक्रेनले नेटो सदस्यताको लागि अमेरिकी सुरक्षा छातामा समावेश हुने घोषणा नै द्वन्दका प्रमुख कारणहरु हुन् ।
आणविक शक्ति सम्पन्न संयुक्तराज्य अमेरिका र रुस युक्रेन संकटमा रणनीतिक रुपले आमने सामने भएकाछन् । त्यो अवस्था व्यक्तिगत तवरबाट निम्नस्तरको गालीगलौजसम्म झरेको छ । आणवीक सैन्यवललाई उच्चसतर्कताको अवस्थामा राख्दै दुवै मुलुकहरुका उत्तेजित अभिव्यक्तिहरुले विश्वशान्ति तथा सभ्यताका लागि गंभिर चुनौति खडागरेकोछ ।
अल्पविकसित तथा विकासशिल राष्ट्रहरुले विवाद निरुपणका लागि शान्तिपूर्ण समाधानका खातिर शक्तिराष्ट्रहरुलाई दवाव दिन आवश्यक छ । जनस्तरबाट दवाव आवश्यब छ । अव विश्वले अर्को हिरोशिमा र नागाशाकीको त्रासदी व्यहोर्न सक्दैन । माक्र्सबादी चेतनाले साम्राज्यबादी हस्तक्षेपको विरोध गर्दछ । अमेरिकी स्वार्थका लागि यmुक्रेनी जनताहरुले रगत वगाउन आवश्यक छैन । युक्रेनका जेलेन्स्कीहरु र अफगानिस्तानका हमिद कारजाईहरु साम्राज्यबादीहरुको असल सेवक हुन जसले जनतालाई रगतको आहालमा डुवाएर साम्राज्यबादी प्रचारमा आफुलाई नायक घोषणा गर्न उद्यत हुन्छन् ।
७० वर्ष लगाएर सोभियत मजदुर किसान र बैज्ञानिकले निर्माण गरेको ऐतिहासिक औद्योगिक विरासत प्रति जेलेन्स्कीहरु गर्व गर्दैनन् वरु अमेरिकी पाउमा चढाउँछन् । अतः युक्रेनी जनताको आत्मसुरक्षा र बाँच्न पाउने हकको सुनिश्चितता अहिलेको आवश्यकता हो । युध्द त साम्राज्यबादी शक्तिहरुको व्यापार प्रोपागाण्डामात्र हो । समाजबादीहरु रुस तथा युक्रेन दुवै अलग र स्वतन्त्र राज्यहरु न्याय र समानतामा आधारित सवल र सक्षम राष्ट्रको रुपमा हेर्न चाहन्छन् । नेपालकै सन्दर्भमा विकास पूर्वाधार लगभग शुन्यकै अवस्थामा रहेका वेला युक्रेन र रुससहितका पूर्वसोभियत मजदुर किसान र विशेषज्ञहरुको विरासतका रुपमा निर्मित ढल्कृवर पथलैया सडक खण्ड, पनौती जलविद्युत, कान्तीबाल अस्पताल, कृषि औजार कारखाना आदि पूर्वाधार सहयोगलाई नेपालीहरुले मैत्रीपूर्ण सेतुको रुपमा अद्यापि सम्मान व्यक्त गर्दछन् । अहिलेको संकटमा नेपालले तटस्थता वा पक्षधरताको कुरा गर्नु नैतिक वेइमानी मात्र हो ।
युक्रेन संकटको वहानामा अमेरिकी नेतृत्वको नेटो विरुद्ध लडिरहेको रुसका लागि अहिलेको समय सामरिक महाशक्तिको रुपमा पुनर्पुष्टि गर्ने वा नेटोको लाचार छायाँ वन्ने कठिन अग्निपरीक्षा भएकोछ । तर यी दुवै मध्ये कुनै एक विद्यमान भएमा पनि विश्वव्यवस्थामा परिवर्तन आउनेछ । तत्कालीन केजीवी प्रमुख भ्लादिमिर पुटिन विशाल सोभियत संघ विघटनका एक जिवित मतियार पनि हुन । वर्तमान रुसका ओलीगार्कीक पुँजीबादका नायक पुटिनबाट समाजबादको विकासमा योगदानको अपेक्षा त होइन तर अमेरिकी साम्राज्यबादको हस्तक्षेप विरुद्ध शक्तिशाली रुसले कहिलेकाँही निर्वाह गरेको अन्तर्राष्टिूय भूभिकाले खास महत्व राख्दथ्यो । सन् २००० पछि मात्र इरान, उत्तरकोरिया, चिन, म्यानमार विरुद्ध युएन सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल गराउन रुसको भुमिका महत्वपूर्ण छ ।
यस संकटबाट अमेरिका के चाहन्छ ?
 एकल ध्रुवीय विश्वको नेतृत्व गर्न सकिने आधार निर्माण गर्न,
 विश्ववजारमा जैविक इन्धनमाथि एकाधिकार कायम गर्न,
 रुसी आणविक युद्धशिर्षहरुमा नियन्त्रण कायम राख्न,
 रुसी साइवरस्पेश हतियारको प्रविधिमाथि नियन्त्रण कायम राख्न,
 आन्ध्र महासागरीय तटिय क्षेत्रमा नेटो र एशिया हिन्दप्रशान्त क्षेत्रमा इण्डोपेसिफिक रणनीतिको सैन्य गठवन्धन निर्माण गर्न,
 चिन र क्युवा, भेनेज्वेला आदि देशहरुमा शासकीय परिवर्तन गर्न,
 उत्तरकोरियाको आणविक क्षमता नष्ट गर्न,
 युक्रेनमा युद्ध अवधि लम्व्याउने र रुसलाई लामो अवधिसम्म अल्झाइ राख्ने,
 आर्थिक नाकावन्दी मार्फत रुसलाई कमजोर वनाउने,
 युएनमा रुसले प्राप्त गरेको भिटो अधिकारबाट वञ्चित गर्न ।
 युएनलाई असफल वनाउँदै अमेरिका पहिलोको घोषणा गर्न ।
युक्रेन युद्धमा रुस के चाहन्छ ?
 पूर्व सोभियत गणराज्यमा नेटो विस्तार रोक्न,
 युक्रेनमा रुसी भाषीमाथि भएको हिंसात्मक विभेद अन्त्य गर्न,
 पूर्वीयुरोपमा रुसी वर्चस्व कायम राख्न,
 युक्रेनमा रुसी समर्थित सरकार निर्माण गर्न,
 रुसी हतियार (हाइपर सोनिक समेत) को विक्रि प्रवद्र्धन गर्न,
 भ्लादिमिर पुटिनको घरेलु राजनीतिमा प्रभाव कायम राख्न,
 सामरिक महाशक्तिराष्ट्रको हैसियत कायम राख्न,
अहिले युक्रेनमा के गरिदैछ ?
 नेटो गठवन्धनबाट लगभग १ ट्रिलियन डलर वरावरको युद्ध सामागृ र मानवीय सहयोग यूक्रेनमा पठाइएकोछ ,
 ६५ लाख युक्रेनीहरु आन्तरिक विस्थापन र ३३ लाख वाह्य विस्थापनमा परेकाछन्, १८ मार्च, युएन, दोश्रो विश्वयुध्द पछि,
 २००१ को युएन सन्धीको भावना विपरित हजारौं लडाकुहरुलाई भाडाको सैनिकमा प्रयोग गरीएको छ र ज्यालादर साप्ताहिक ४००० डलर सम्मको घोषणा गरीएकोछ,
 युएन रिपोर्ट अनुसार गैरसैनीक युक्रेनीको हताहति १०८१ पुगेकोछ । २६ मार्च २०२२
 जापान, युएस, युके, जर्मनी , इजरायल, (नेटो वैठकको वनदसत्र) लगायतका देशहरुको संसदमा जेलेन्स्कीको म्याराथुन संवोधन जारी ,
 कथित द्विपक्षीय वार्ता प्रयास जारी, सिमित मानवीय सहायता मार्ग खुला राख्न सहमति ।
सन १९९१ पछि युध्दमा अमेरिकी संलग्नताका उदाहरणहरु ः
 ९५ भन्दा वढि क्षेत्रीय युद्धहरुमा युएसको प्रतक्ष्य सँलग्नता ।
 अमेरिकी नेतृत्वको इराक युद्धको पहिलो २ महिनामा मात्र ७० हजार भन्दा वढि गैरसैनीक नागरिकको हताहति । रिपव्लिक टिभी, इण्डीया ।
 अमेरिकी नेतृत्वको अफगानीस्तान अतिक्रमणवाट २० वर्षमा असम्वन्धीत पाकिस्तानका ८० हजार पाकिस्तानी नागरिक मारिएको खुलासा (प्रधानमन्त्री इमरान खान)
 संंकटग्रस्त अफगानिस्थान, सिरिया, लेवनान, लिविया, सुडान, यमन आदि देशमा युएसको प्रतक्ष्य हस्तक्षेप,
 सन् १९९९ को सर्वियाली नागरिक माथि अमेरिकी गोलावारीको ३३ औं प्रतिरोध वार्षिकी सर्वियाली राजधानीमा भरखरै सम्पन्न, मार्च २४ ।
 दोश्रो विश्वयुद्ध पछि मानव अधिकार रक्षाको नाममा आमनागरिकको सर्वाधिक हताहति अमेरिकी वन्दुकबाट भएको पाइन्छ ।
युक्रेन संकट र समाजबादी आन्दोलन ः
 सन् १९१७ अक्टुवर क्रान्ति समाजबादको स्थापना, सन् १९२१ चिनियाँ क.पा.को स्थापना
 सन् १९४५ – १९९० समाजबादी आन्दोलनको विकास
 सन् १९९१– २०२२ समाजबादी आन्दोलनको रक्षात्मक अवस्था, र दलालपुँजीबादको आक्रामक विस्तार ।
 सन् १९९१ पछि पनि पेरु, फिलिपिन्स, नेपाल, भारत, कोलम्विया आदि देशका कम्युनिष्ट पार्टीहरुले चलाएको सशस्त्र विद्रोह कहिँ सझौतामा टुगिएका छन् त कहि अद्यापि सञ्चालनमा छन् ।
निष्कर्ष ः युक्रेन संकट परमाणुशक्तिका दुई मुलुक वीचको प्रत्यक्ष युद्ध भडकाव हो । यो संकट उर्जा, बातावरण र मानवहित विपरित छ । यस संकटमा साम्राज्यबाद हावी भएमा विश्व समाजबादी आन्दोलनलाई गंभिर धक्का पुग्नेछ । यसको प्रतक्ष्य प्रभाव समाजबादी क्युवा, उ. कोरिया, चिनमाथि पर्नेछ । साम्राज्यबाद विरोधी सवै आन्दोलनलाई हिँसात्मक दमन गरेर समाप्त पार्ने साम्राज्यवादी योजना सफल हुनेछ । गरीव मुलुकका सम्पदा र सम्पतिमा साम्राज्यबादीहरुले लुट मचाउने छन् । रिजर्भ बैक अफ अमेरिकामा रहेको अफगानिस्तानको ९ विलियन अमेरिकी डलर सञ्चितिलाई जो वायडेनले ९÷११ का पिडित परिवारलाई वाँडने अभिव्यक्ति भोकै मर्न विवस आफ्नी छोरी समेत विक्रीका लागि राख्नु पर्ने अफगानी नागरिक माथि गरीएको अहिले सम्मकै कुरुप साम्राज्यबादी अत्याचार हो । यो नियति अफ्रिकी, ल्याटिन अमेरिकी र एशियाली मुलुक लाओस, भियतनाम, उ. कोरिया, पूर्वयुगोस्लाभियाले भोगि सकेकाछन् । एमसीसी नेपाल प्याक्ट पनि एशियाली र हिन्द प्रशान्ततटिय क्षेत्रमा सैनिक गठवन्धन निर्माण गर्ने इण्डोपेसिफिक रणनीतिको एक अंग हो । विद्यमान संकटको समाधानका लागि युक्रेनले नेटो सदस्यताको प्रस्ताव त्याग गर्दै नागरिकहरु वीच भाषिक स्वतन्त्रता र त्यसको सम्मान गर्दै छिमेकी मुलुक रुसको सुरक्षा चिन्तालाई सम्वोधन गर्न आवश्यक छ भने रुसले राष्ट्रसंधको वडापत्रलाई सम्मान गर्दै तत्काल युद्ध अन्त भएको घोषणा गर्नु पर्दछ । अतः युक्रेन संकटमा साम्राज्यवादी हस्तक्षेपको निन्दा र भत्र्सना गर्दै उत्पीडित राष्टू, जनता र वर्गहरुको साम्राज्यबाद विरुद्धको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न नेपालको कम्युनिष्ट आन्दोलनका सवै घटकहरु एकजुट होऔं ।
माक्र्सबादी विश्वदृष्टिकोण सहितको समाजबादी विश्वव्यवस्थाको स्थापनाका लागि तत्काल गनु पर्ने कामहरु ः
१. युक्रेन लगायत अन्य देशहरुमा भैरहेको साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपालका समाजबादी आन्दोलनका सवै घटकहरुको संयुक्त विरोध प्रदर्शन गरौं ।
२. सवैखाले साम्राज्यादी हस्तक्षेपका विरुद्ध नेपालका सवै कम्युनिष्ट पार्टीहरु तथा तिनका जनवर्गीय संगठनहरुबाट एकल वा संयुक्त विरोध गरौं ।
३. दक्षिण एशियाली समाजवादी आन्दोलनको वृहत्तर मोर्चा निर्माण गरी विभिन्न देशहरु विरुद्ध भैरहेको अमेरिकी – नेटो हस्तक्षेपको विरोध गरौं ।
४. अमेरिकी कव्जामा रहेको अफगानी जनताको ९ विलियन डलर फिर्ता गरी भोकमरीबाट पिडित अफगानी जनताको रक्षा गरौं ।
५. समाजबादी आन्दोलनको विकास र समाजबादी विश्वव्यवस्थाको स्थापनाका लागि ग्लोवल एलायन्स निर्माण गरौं ।

Alliance for Marxist Movement, Nepal

Kathmandu

2078.12.18