१३ चैत्र पोखरा ।
नेकपा (क्रान्तिकारी माओवादी) ४ नंम्बर प्रदेश (गण्डकी प्रदेश) को बैठक चैत्र ११ र १२ गते कास्की जिल्लाको पोखरामा संम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य एवंम प्रदेश ४ र ५ हेर्ने जिम्मेवारीमा रहनु भएको रामसिहं श्रीसको प्रमुख आतित्थ्यतामा, प्रदेश सेक्रेटरी केश वहादुर परियारको अध्यक्षातामा सम्पन्न उक्त बैठकमा प्रदेश सह–इन्चार्ज अनुकूलको विषेश उपस्थिति रहेको थियो ।
पार्टी केन्द्रिय समितिको हालै संम्पन्न बैठकले प्रतिगामी राज्यव्यवस्थाले घोषणा गरेको २०७९ साल बैशाख ३० गतेको कथित स्थानिय निर्वाचनलाई सशक्त रूपमा बहिस्कार गर्ने पार्टीको निणर्यलाई कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेको यो बैठक अत्यन्तै महत्वपूर्ण र गम्भिर विषयहरु भएकोले सबै प्रदेश सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । बैठकलाई प्रमुख अतिथि रामसिहं श्रीसले पार्टीको आन्तरिक निर्देशन र केन्द्रिय समितिको बैठकले पारित गरेको “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार”को संक्षिप्त व्याख्या एवं आगामी योजनाको विषयमा प्रशिक्षणात्मक भनाई राख्नु हुदै भन्नु भयो, यो प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको कुरामा जोड दिनु भयो । यो व्यवस्थाले सबै क्षेत्रमा जनतालाई अधिकार र स्वायत्तता दिइएको छैन् । संहदरवारमा हुने भ्रष्टाचार गाउँ गाउँमा पु¥याएको छ । चुनावमा पैसाको खोलो बगाउने र जसरी पनि जित्नु पर्ने होड्बाजी चलिरहेको अवस्था देखिएको छ । सत्तामा बसेकाले अत्यधिक रुपमा सरकारी साधन स्रोतहरुको दुरुपयोग गर्ने स्पष्ट देखिएको छ । स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना देखिदैन् । कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका तीन ओटै अङ्ग असफल बन्दै गएको छ । राष्ट्रघाती एमसीसी संझौता अनुमोदन गर्ने प्रतिक्रियावादी तथा कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवादीहरु र विदेशीका दलालहरुको ब्यापक भण्डाफोर गर्न अति जरुरी भएकोले हाम्रो पार्टीले यो जनविरोधी स्थानीय निर्वाचनको सक्रिय बहिष्कार गर्न एकदमै जरुरी छ । केन्द्रिय समितिले लिएको निर्वाचन बहिष्कारको निणर्य सही र उपयुक्त भएको कुरामा जोड दिदै सम्पूर्ण पार्टी पङतीलाई बहिष्कारको आन्दोलनमा सक्रियता पूर्वक लाग्न निर्देशन दिनु भयो ।
बैठकमा प्रदेश सेक्रेटरीले पेश गर्नु भएको स्थानीय निर्वाचनको सक्रिय बहिष्कार योजना, साँंगठनिक विषय, आगामी कार्य योजना र संघर्ष सम्बन्धमा ब्यापक छलफल गरी सबै जिल्लाहरुमा बैठकको मिति तोक्ने काम भएको छ । त्यस्तै चुनाव बहिस्कारको सन्र्दभमा जिल्ला पार्टी कमिटीहरुको बैठक बस्ने तालिका अनुसार चैत्र २० गते भित्रमा सबै जिल्लामा बैठकहरु संम्पन्न गरिने छ । संयुक्त मोर्चा र जवस मोर्चाहरुको भेला बैठक गर्ने र आन्तरिक तयारी गर्ने निणर्यहरु गरेको छ । किशान मोर्चाको प्रदेश भेला चैत्र १५ गते प्रदेश राजधानी पोखरामा भब्यरुपमा संम्पन्न हुन गैरहेको छ ।
प्रतिगामी राज्यव्यवस्थाले घोषणा गरेको कथित निर्वाचनलाई ससक्त रूपमा बहिस्कार गर्नुपर्ने पार्टीको निणर्यलाई कार्यान्वयनमा जोड दिनुपर्ने बिषयमा आवश्यक निणर्य गरिएको छ । महङ्गी, कालाबजारी, भष्टाचार, बेथिति र दलालीले देश अस्थव्यस्त भैरहेको बेलामा कथित चुनावको नाटक रच्दै कसरी मुलुकलाई ब्रह्मलुट गर्ने सकिन्छ र सिमित उपलब्धीहरुलाई धोष्त पारेर असफल बनाउन सकिन्छ भन्ने नयाँ नयाँ षड्यन्त्रमा लागेका विदेशीका दलालहरुलाई परास्त पार्नु पर्ने साथै राष्ट्र्रलाई बर्बाद हुनबाट बचाउने बिषयमा व्यापक छलफल भएको र बैठकले गरेका निणर्यहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ बैठक अत्यन्तै उत्साह एवंम सौहार्दपूणर् वातावरणमा संम्पन्न गरिएको कुरा प्रदेश सेक्रेटरी केश वहादुर परियारले जानकारी दिनु भयो ।