फागुन १६ पोखरा ।
प्रतिक्रियावादी सत्ता गठबन्धनले राष्ट्रघाती सम्झौता सदनबाट पारित गरेपछि त्यसको विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आव्हानमा आयोजना गरिएको नेपाल बन्द क्रममा आज पोखराका ठाउँ ठाउँमा नारा जुलुस र सभा सम्पन्न भएका छन् ।


विहानैदेखि बन्द गराउन सडकमा निस्किएका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम एवं ४ नं. प्रदेश सेक्रेटरी केश वहादुर परियार, केन्द्रीय सदस्य नारायण अधिकारी, प्रदेश सदस्यहरु परशुराम कोइराला, भिम श्रीस, जिल्ला सदस्यहरु सिता परियार, माधव पोख्रेल, विष्णु राना, लगायतका नेता र कार्यक्रर्ताहरुको सकृय सहभागिता सहित अन्य ६ दलका नेताहरु शंकर बराल, भोजराज त्रिपाठी, गोकुल पराजुली र कार्यक्रर्ताहरुको व्यापक उपस्थिती रहेको बन्द कार्यक्रम पोखरा महानगर पालिकाको पृथ्वीचोक, अमरसिंहचोक लगायतका स्थानबाट बिहानै देखि नारा जुलुस सहितको रयालीले दिनै भरी पोखराका बजारहरु परिक्रममा गरी बेलुका ५ बजे पृथ्वीचोकको लखन थापाको शालिक रहेको स्थानमा समापन सभा सम्पन्न गरेको छ ।


बन्दको क्रममा बिभिन्न पार्टीका पाँचजना नेता कार्यक्रताहरु गिरफ्तार हुनु भएको थियो । गिरफ्तार हुनेहरुमा मनिष भट्टराई, मोहन थापा, सोमनाथ अधिकारी, विजय कुमार माली र पुजन थापा मगर हुनु हुन्थ्यो ।
विरोध जुलुस प्रदर्शनको क्रममा राष्ट्रघाती दलालहरु मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगायतका नाराहरु लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर