काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित आठ दलले सोमबार साँझ संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको प्रतिवादका लागि गरेको आजको नेपाल बन्दको कार्यझम ऐतिहासिक, भव्य र सान्दार रुपमा सफल भएको बताएका छन् ।
वक्तव्यमा बन्दको क्रममा काठमाण्डौँ उपत्यका लगायत दशैभरीबाट बन्दकर्ताहरुलाई देउवा सरकारले गिरफ्तार गरेको जनाएको छ र नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम त्रय सुरेस श्रेष्ठ, प्रेम सुवेदी, भुपेन्द्र न्यौपाने, क्रान्तिकारी युवा लिग नेपालमा महासचिव दिलबहादुर कठायत, बर्दिया सेक्रेटरी विपिन, भरत वुर्जा, नरेन्द्र थापा, सजिव बज्राचार्य , नेपाल कम्युनिस्ट पार्टीका शुसिल बलम्पाखी, नरेन्द्र थापा, वासुदेव भट्ट, हरिबहादुर चन्द , दिपक मान्नधर , दर्शन नेपाली , रवि गोले , जीवन बुढाथोकी , राजु कार्की, हिम्मत बिक, सागर केसी , नरेन्द्र थापा , वैज्ञानिक समाजवनदी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य द्बय विजय दर्नाल र गंगाप्रसाद लिम्बु , नेकपा (मसाल)का हरि पौडेल , विमल पोखरेल, मदन पाण्डे, राष्ट्रिय जनमोर्चाका छवि खनाल लगायतका नेता कार्यकताहरुलाई गरिएको गिरफ्तारीको घोर निन्दा एंव भर्त्सना गरिएको छ । साथै गिरफ्तार नेता ,कार्यकर्ता र जनतालाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
त्यसैगरी वक्तव्यमा नेपाल बन्दको क्रममा घाईते हुनुभएका कन्चनपरका दिपेन्द्र एरि र हरिष एरि लगायतकाको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ र घाईते योद्बाहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
वक्तव्यमा षड्यन्त्र मुलक ढंगले एमसीसी पास गरेको घटनाका विरुद्ब आगामी थप संघर्षका कार्यक्रम छिट्टै घोषणा गरिने जनाइएको छ ।