फागुन १६ चितवन ।
संसदबाट एमसीसी परियोजना बहुमतले पारित गरेको विरोधमा छ दलिय गठबन्धनमा आयोजित नेपाल बन्दमा चितवनको जनजिवन प्रभावित भएको छ । बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता ध्रुब खडका, अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत, विद्यार्थी संकल्पसहित चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जानकारी एमसीसी खारेजी अभियान चितववका सचिव परशुराम पौडेल अजिवले बता ।
बन्दको क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीकां) पोलिटब्युरो सदस्य अम्बिका मुढवरी, चितवन जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाश, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज सन्देश पौडेल लगायतले विरोध प्रदर्शनको नेतृत्व गरेका छन ।
बन्द आव्हानकर्ताले शान्तिपूर्ण जुलुस र नाराबाजी गर्दै एमसीसी मुर्दावाद, देश बेच्न पाईदैन्, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा लगाएर नगर परिक्रमा गरेका छन् ।