एम.सी.सी.बिरुद्ध कतै ट्रक तोडफोड, कतै टायर बालेर सडक अबरुद्ध

एम.सी.सी.बिरुद्ध कतै ट्रक तोडफोड, कतै टायर बालेर सडक अबरुद्ध

नवलपरासी – एमसीसी विरुद्ध आन्दोलनरत आठ दलीय मोर्चाको नेपाल बन्दको दिन पश्चिम नवलपरासीमा ६ वटा ट्रकमा तोडफोड भएको छ । बर्दघाट २ चिसापानीस्थित दिब्यज्योति बहुमुखी क्याम्पस अगाडि एम एच ४६ एच ; १२३३ नम्बर र एच आर ५६ एन ३३०४ भारतीय नम्बरको ट्रकमा तोडफोड भएको हो ।
त्यस्तै बर्दघाटको भुताहा र सरावलको तुलसीनगरमा गरी ४ वटा ट्रकमा बन्दकर्ताले ढुंगा प्रहार गरेको स्थानीयले मुलबाटोलाई जानकारी दिएका छन् । ट्रक चालकले ट्रक भगाएर बचाएको कारण थप क्षति नभएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
त्यस्तै नेपाल बन्दका दिन लामो तथा छोटो दुरिका बसहरु संचालन भएको छैन । बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायत ठप्प छ । नीजि सवारी साधन सहित बाटोमा हिजोदेखि नै रोकिएका ट्रक भने चलेको छ । बन्दकर्ताले बन्द गर्न आब्हान गरेपछि सामुदायिक र नीजि बिद्यालयको पठनपाठन बन्द छ । अघिल्लो पटक भन्दा अहिलेको बन्द केही फरक समेत रहेको छ । सडकमा प्रदर्शनकारी भने नदेखिए पनि पसलहरु अधिकाँश बन्द रहेको छ ।
बन्दकर्ताले एकाबिहानै बर्दघाटको शान्तिनगर चोकमा टायर बालेर बिरोध प्रर्दशन गरेका थिए । टायर प्रहरीले निभाएको एक स्थानीयले जानकारी दिए ।
जिल्लामा क्रियाशिल मोर्चा सम्बद्ध नेकपा (क्रान्तिकारी माओवादी) नेकपा विप्लव , नेकपा मसाल , राष्ट्रिय जनमोर्चा र देजमोका कार्यकर्ताले भुगोल बाँडेर बन्दलाई सहयोग गरेको एक नेताले बताए ।