नवलपरासीको कावासोतीबाट बन्दको क्रममा नेकपा(क्रान्तिकारी माओवादी)का मनिष वि.क. र माके समाजवादीका भिमाद मगर गिरफतार

नवलपरासीको कावासोतीबाट बन्दको क्रममा नेकपा(क्रान्तिकारी माओवादी)का मनिष वि.क. र माके समाजवादीका भिमाद मगर गिरफतार

१६ फागुन पूर्वी नवलपरासी कावासोती ।

पूर्वी नवलपरासीको पुरानो कावासोतीमा टायर बाल्ने क्रममा दुई जना आन्दोलनकारी पक्राउ परेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलका अनुसार नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय युवा लिगका इलाका सदस्य मनिस विक र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका जिल्ला सेक्रेटरी भिमाद मगर पक्राउ परेका छन् ।
आन्दोलनकारीले कावासोतीको फलफूल चोक, दलदले, चोरमारा लगायतका चोकचोकमा जम्मा भएका छन् ।
यता पूर्वी नवलपरासीमा पनि बन्दको प्रभाव परेको छ । सडकमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेको छैन भने केही छिटफुट मात्रामा मालबहाक ट्रकहरु चलेका छन् । त्यसैगरी बजार पसलहरु छिटपुट मात्रामा खुलेका छन् । नवलपुरमा विद्यार्थीहरुले विहान खुलेका कलेजहरुको पठनपाठन बन्द गराएका छन् । त्यसैगरी पश्चिम नवलपरासीमा पनि बन्दको प्रभाव गरेको छ ।

 नेकपा  माओवादी समाजवादीका जिल्ला सेक्रेटरी भिमाद मगर र नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय युवा लिगका इलाका सदस्य मनिस विकलाई अहिले जिल्ला प्रहरी कार्यालयमा कावासोती ठानामा राखिएको छ ।