सिन्धुलीमा बन्दको क्रममा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भरज बुर्जा मगर(जीवन) लगायत १५ जना गिरफतार

सिन्धुलीमा बन्दको क्रममा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भरज बुर्जा मगर(जीवन) लगायत १५ जना गिरफतार

१६ फागु सिन्धुली ।
सिन्धुली जिल्लामा नेपाल बन्द सफल पार्न जुलुस प्रदर्शन गर्दै सिन्धुली बजारमा शान्तिपूर्ण रुपमा हिडीरहेका बन्दकर्ताहरुलाई प्रहरीले भरखरै गिरफतार गरेको छ ।

गिरफतार हुनेहरुमा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भरज बुर्जा मगर(जीवन) लगायत पार्टी जिल्ला सेक्रटरी सुवर्ण, देजमो जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटा, हरि बस्नेत र नेकपा(विप्लव) का जिल्ला सेक्रटरी तथा नेताहरु शशि, गोपाल ब्लोन लगायत पन्ध्र जना गिरफ्तार गरिएका छन् । अहिले उहाँहरुलाई जिल्ला प्रहरी कार्यालयमा सिन्धुलीमा राखिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश सल्लाहकार ८० वर्षीय इन्दीरा रायमाझी पनि वन्दकै क्रममा गिरफतार हुनु भएको छ ।