काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पारित गर्ने देउवा सरकारको राष्ट्रघाती कदमको प्रतिरोधको रुपमा आव्हान गरिएको नेपाल बन्द पूर्णरुपमा पूरै तागतका साथ सफल पार्न संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गरेको छ ।

बन्द आव्हानका लागि जारी गरिएको वक्तव्यमा भनिएको छ, “नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्इुनिस्ट पार्टी र २ मोर्चादले तात्कालिक संघर्षको घोषणा गरेका छौं । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं ।”

वक्तव्यमा आज एमसीसी विरुद्धको आन्दोलनमा घाइते सम्पूर्ण देशभक्त योद्धाहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।
संघर्षका कार्यक्रममा १५ गते साँझ (आज) मशाल जुलुस, भोलि १६ गते सशक्त नेपाल बन्दको आव्हान गरिएको छ ।
अहिले साँझ काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार