राष्ट्रघातको विरुद्धमा भोलि आठ दलको नेपाल बन्द आव्हान, अहिले साँझ उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन हुँदै

राष्ट्रघातको विरुद्धमा भोलि आठ दलको नेपाल बन्द आव्हान, अहिले साँझ उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन हुँदै

काठमाडौं । एमसीसीका विरुद्ध संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि फागुन १६ गते सोमबार नेपाल बन्दको आव्हान गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले अहिले साँझ देशैभर मसाल जुलुस पदर्शन गर्ने र भोलि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।


राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको आजको विरोध प्रदर्शनमा देउवा सरकारले देशभक्त क्रान्तिकारीहरुका विरुद्ध फासिवादी दमनमा उत्रिएको थियो ।


राष्ट्रघाती एमसीसी सम्झौता आजै राती १२ बजे रातीसम्ममा पास गर्ने तयारी गरेपछि ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले राष्ट्रघातको प्रतिरोधमा नेपाल बन्दको घोषणा गरेका हुन् । भोलिको नेपाल बन्द शक्तिशाली हुने बताइएको छ ।