
१५ फागुन स्याङजा वालिंग बजार ।
एमसीसीका विरुद्ध संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि फागुन १६ गते सोमबार नेपाल बन्दको आव्हान गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले अहिले साँझ देशैभर मसाल जुलुस पदर्शन गर्ने र भोलि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

यसै सन्दर्भमा स्याङ्जाको वालिङमा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी .तिलक अधिकारी र नेकपा (बिप्लव) जिल्ला सेक्रेटरी .सुजन बिक को नेतृत्वमा मसाल जुलुस सम्पन्न भएको छ ।