टाढाको सिद्ध नजिकको गिद्ध( रुस–युक्रेन युद्ध र नेपालीलाई एमसीसी)

टाढाको सिद्ध नजिकको गिद्ध( रुस–युक्रेन युद्ध र नेपालीलाई एमसीसी)

रुसले युक्रेनमाथी आक्रमण गरेको दोस्रो दिन मै युक्रेन करिबकरिब घुडाटेकिसकेको छ । हिजो रसिया गणराज्य मध्ये एक युक्रेन दुबै मिलेर बसेका थिए ,समान उद्धेश्य हुन्थ्यो तर जब गोर्वाचोभ र यल्सिन जस्ता पस्चिमी एजेन्टहरुले रुसलााइ बिभाजन मात्र गरेनन एक दुसरामा बैमनस्यताको बिजारोपण समेत गरेर छाडे, फलस्वरूप आज रुस र युक्रेन बिचको युद्ध हो ।
अमेरिका र नेटोका देशहरू युक्रेनलाई खुब ढाडस दिए ,उनीहरु यो त्यो सहयोग दिनेछन् भनेर अनकौ सपना देखाए । ,अमेरिकालाई हतियार बेच्नु थियौ , सयौ ट्रक हतियार ,मिसाइल ,हेलिकप्टर लडाकु विमान त दियो तर रुसी शक्तिका अगाडि ती हतियारको कुनै महत्व छैन जबसम्ंम नेटोका सेना र रसियन सेना आमनेसामने हुदैनन् । तर नेटोका सेना रसियन सेनाका अगाडि आमनेसामने हुनेछैनन् । युक्रेनलाई एक्लै युद्ध मैदानमा छाडेर टाढै बसेर रमिता हेरिरहेका छन र भन्दैछन् उनीहरु रसियामाथि आर्थिक नाकाबन्दी लगाउने छन,हिजो युक्रेनलाइ रुस बिरुद्ध उस्काइ रहे उनीहरुलाई लाग्यो भिक्टर यानुकोभिचलाई २०१४मा सजिलोसँग सडक आन्दोलनबाट हटाउन सफलता मिलेजस्तै अब युक्रेनको काँधमा चढेर रुसलाइ ठेगान लगाइन्छ । यही मनसायले उनीहरु युक्रेनका लागि गुमराह गरिरहे । जब खास सहयोगको आबस्यकता आयो हजारौं मिल टाढाका कथित मित्रहरू कोही आएनन, बरु छिमेकीले सानोतिनो सहयोग गरेका छन् ,बहिरगमनमा सहयोग गरेका छन । त्यसैले होला नेपाली उखान यहाँ सान्दर्भिक हुन्छ (टाढाको सिद्ध भन्दा नजिकको गिद्ध जाती)
नेपालमा अहिले अमेरिकी सहयोग ( ? ) परियोजना एमसीसी निकै चर्चामा छ । नेपाली रुपीयाँ ५५ अरबको सहयोग (त्यो पनि सर्तैसर्त) ले देशको कायापलट हुन्छ भनेर चिच्याउनु देशको बिकाशको चिन्ता वा अमेरिकीहरुको तावेदारी ? आमाको दूध चुसेर भएन बाबुको घुँडा चुस भनेको यही हो । एउटा ब्यापारी संस्थाबाट ७३ अरब असुल गर्न नसकेकाले अब देशको बिकाश गर्ने भनेको कोरा कल्पना मात्र हो । जसरी एक सारसले तलाउको छेउमा गएर निन्याउरो मुख लगाएर भनेछ अबको खडेरीमा यो तलाउ सुक्नेभयो र तिमिहरु सब नष्ट हुने भयौ भन्दै हमदर्दि देखाएर उनीहरुलाइ अर्को ठुलो तलाउमा सार्ने बहानामा एक एक माछा समाऊदै केही टाढा लगेर भोजन गथ्र्यो, त्यसरी नै नेपालका प्राकृतिक संपदा खनिज,जलसंपदामा वैदेशिक शक्तिहरुले आँखा लगाइ रहेका छन । यीनै प्राकृतिक संपदा हत्याउन अमेरिका लालच, धम्की दिदैछन । एमसीसी चिनको बिरुद्ध लक्षित त छँदैछ र कालान्तरमा भारत बिरुद्ध पनि उत्तिकै खतराजन्य छ । यश बिषयमा भारतीय बिद्वानहरुको मौनता अर्थपूर्ण छ । एमसीसी आई पि एसको अंग हो होइन ? भारत यसमा सहभागी भए पछि नेपालको सहभागी हुनु नहुनु ठुलो महत्व छैन र नेपाल आफै भारतले घेरेको सानो देश नभए पनि चाइना घेरिन्छ त्यसैले नेपालमा आउनु यहाँका खनिज र जलशक्तिमा कब्जा गर्नुनै हो र भारतलाई समेत यसले नकारात्मक असर पर्ने निश्चित छ । यसबारे भारतीय बिद्वानहरुको आँखा खुल्न जरुरी छ । जसरी युक्रेनि जनता र जेलेन्स्कीलाई अमेरिकीहरुले उस्काए, त्यसैगरी सोमसर्माले सपना देखेजस्तै नेपालका केही राजनीतिक नेता र तिनका अनुयायीहरु एमसीसीबारे जनतामा एमसीसी पास गरेपछि बिकासको ढोका खुल्छ र यो सहयोग नलिए अरु सबै सहयोग बन्द हुन्छन् यो वा उ आदि इत्यादी भनिरहेका छन् । । यादराख्नु पर्ने कुरा के हो भने यदि नेपालमा एमसीसी लागू गरिए चिन आक्रामक हुन सक्छ र त्यसबेला अहिले जसरी युक्रेन एक्लै भएको छ त्यसैगरी त्यतिबेला यो एमसीसीका फुस्राहरु सिडिमा बसेर छलफल गर्नेछन् । नेपालीको सहयोगमा कोहि आउने छैनन । काम लागे यीनै ् छिमेकी काम लाग्ने छन् । त्यसैले छिमेकी संगको संबन्ध बिगार्ने होइन आपद बिपदमा कामलाग्ने यीनै हुन । त्यसैले अहिलेको उपयुक्त नारा Go back MCC. Reject MCC नै हो ।
बुटवल फागुन १३ २०७८ ।