मिति २०७८ साल फागुन ९ गते कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजार, कालिकाचोक निवासी मित्र कमारी थापाको ८९ वर्षको उमेरमा आज आफ्नै निवासमा दुःखद निधन हुन गएको छ ।
उहाँ हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी –क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य, ४ नम्बर प्रदेश सचिवालय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कमरेड रामजी थापाकी ममतामयी आमा हुन हुन्छ । उहाँले सर्वहारा श्रमजीवि वर्ग र उत्पीडित समुदायको मुक्ति र परिवर्तनको आन्दोलनहरुमा ठूलो सहयोग पुर्याउनु भएको थियो । उहाँको दुःखद निधनले ४ नंम्बर प्रदेश पार्टीलाई दुःखीद बनाएको छ ।
उहाँको एक छोरा रामजी थापा, चारजना छोरीहरु सरस्वती, शिव, विष्ण र भगवती, एक बुहारी, चारजना छोरी ज्वाँईहरु, नाती, नातिनी बुहारी, नातिनीहरु, नातिनी ज्वाईहरु, पनाती, पनातिनीहरु हुन हुन्छ ।
नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनमा सहयोग गर्दै आउनु भएकी आमा मित्र कुमारी थापाप्रति प्रदेश पार्टी परिबार हार्दिक श्रद्धाञ्जली अपणर् गर्दछ । साथै दुःखको यस घडीमा हाम्रो पार्टीका श्रदय नेता कमरेड रामजी थापा लगायत सम्पूणर् शोकाकूल परिबारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
क. किशोर
सेक्रेटरी
नेकपा –क्रान्तिकारी माओवादी)
४नंम्बर प्रदेश समिति
मितिः २०७८ फागुन ९ गते