काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बसन्त बोगटी लगायत गिरफ्तार सबै एमसीसी विरोधी अभियन्ताहरुलाई रिहा गर्न चौतर्फी रुपमा दबाब बढेको छ । नेकपा (क्रान्तिकारी माओवादी)लगायत संघर्षरत अन्य पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुले समेत गिरफ्तार सबै अभियन्ताहरुलाई तत्काल रिहाइ गर्न दबाब बढाइएको हो ।

यता प्रहरी प्रशासनले भने सोमबार एक हप्ताको म्याद थप गरी सिंहदबार प्रहरी परिसर अनामनगरबाट कालीमाटी प्रहरीवृतमा लगिएको क्रान्तिकारी माओवादीका नेता दिनेश शर्माले जानकारी दिनुभएको छ । कालिमाटी प्रहरी परिसर स्रोतका अनुसार नेता बोगटीसहित ७ जनालाई कालीमाटी प्रहरी वृतमा राखिएको छ ।


एमसीसी संसदमा टेबल हुन नदिन भएको नयाँ बानेश्वरको विरोध प्रदर्शनबाट व्यापक दमन गरी प्रहरीले बसन्त बोगटी, सुनिता बुढाथोकी लगायत दर्जनौंलाई गिरफ्तार गरेको थियो । गिरफ्तार सुनिता बुढाथोकीलाई भने तीनकुने स्थित बानेश्वर प्रहरीवृतमा राखिएको छ ।

नेता दिनेश शर्माले दिएको जानकारी अनुसार करिब ५० जनाजति क्रान्तिकारी माओवादी समर्थक युवाहरुलाई कीर्तिपुर लगायत अन्य विभिन्न प्रहरी वृतमा राखिएको छ । गिरफ्तार सबै एमसीसी विरोधी अभियन्ताहरुको अविलम्ब रिहाइका लागि पार्टी र संघर्षरत आठै दललगायत एमसीसी विरोधी सबैले आवाज उठाइरहेको पनि उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर