नेपाल बन्द र प्रदर्शनकाे क्रममा गिरफ्तार नेता कार्यकर्ताहरुकाे रिहाइ

नेपाल बन्द र प्रदर्शनकाे क्रममा गिरफ्तार नेता कार्यकर्ताहरुकाे रिहाइ

काठमाडौं। राष्ट्रघाती एमसीसीको विरोध प्रदर्शन गर्ने क्रममा प्रकाउ गरिएका नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकताहरू रिहाइ भएका छन्।

उनीहरूलाइ भृकुटिमण्डमको पुलिस क्लबमा राखिएको थियो ।त्यस्तै गिरफ्तारि पर्नेमा क्रान्तिकारी माओवादीका पिबिएमद्वय सागर, सुरेश,केन्दीय सदस्यहरू हरिकृष्ण गजुरेल,शारदा महत, कगेन्द्र, बाेगटी, प्रकाशउर्जा, फुर्नाम्गेल माेक्तान, काठमाडौ जिल्ला सेक्रेटरी अमर, विद्यार्थी नेतृ शिलु न्याैपाने, मजदुर नेता दिनेश , ढोगप्रसाद, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुनिता बुढाथाेकी, धर्मराज, विद्यार्थी नेता कुमार, अनुश, जगदिश्वर, नरबहादुर कुमाल, ज्ञानेन्द्र, अनुश, रिबेल, बोल्सेभिक, अतित लिम्बु, बहन, प्रेम, सुनिल, राज बस्नेत, राजिव, राजकुमारलगायत दजनौ नेता कार्यकतालाई प्रकाउ गरिएकाे थियाे।

त्यस्तै सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्ने तयारी गरेपछि उनीहरू नेपाल बन्दकाे आव्हासहित विराेध प्रदर्शनमा उत्रिएका थिए।

नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, विप्लव नेतृत्वको नेकपा,ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र (समाजवादी)ले एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा गर्नुका साथै विराेध जुलुसहितकाे प्रदर्शनसमेत गरेका थिए।