चितवन । एमसीसी परियोजना खारेजी अभियान अन्तर्गत आयोजना गरेको नेपाल बन्द चितवनमा पूर्ण रुपमा सफल भएको छ । बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस निकालेका आयोजकहरुले बन्दको दिन बिहानैदेखि नारायणगढको लायन्स चोकमा जम्मा भएर नाराजुलुस गरेका थिए ।


पाँच दल र एक मोर्चाका सयौं नेता तथा कार्यकर्ताले नाराबाजीसहित पुल्चोकमा प्रर्दशन गरेका थिए । जनताको समेत सहभागिता रहेको विरोध प्रदर्शनमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् चितवन ईन्चार्ज घननाथ सापकोटा विकासले सम्बोधन गर्दै यो एमसीसी परियोजना खारेजीको लागि सबै सबै देशभक्तहरु जाग्नुपर्ने भनाइ व्यक्त गर्नुभएको थियो । उहाँले प्रहरी दमनमा उत्रिए कडा प्रतिरोध गर्ने चेतावनी दिनुभएको थियो । विरोध प्रदर्शनमा प्रहरी प्रशासनले कुनै हस्तक्षेप गरेन ।

उक्त प्रदशनमा नेकपाका जिल्ला ईन्चार्ज सन्देश पौडेल , नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्मा लगायतले नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर