२५ माघ काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९५७ संक्रमित थपिएका छन् भने यही अवधिमा ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो। ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३६ हजार १८१ सक्रिय संक्रमित छन् । हिजो (सोमबार)१ हजार ५७० नयाँ संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
यसअघि आइतबार १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ११ जनाको निधन भएको थियो ।
शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर