माघ १९ काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी)मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपा र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका दर्जन बढी विद्यार्थी नेता कार्यकर्ताहरूले पार्टी प्रवेश गरेका छन् ।
क्रान्तिकारी माओवादीको पार्टी कार्यालय ललितपुरको कुपोण्डोलमा भएको कार्यक्रममा विप्लव र प्रचण्डको पार्टीमा आवद्ध विद्यार्थी नेता कार्यकर्ताहरूले क्रान्तिकारी माओवादी सम्वद्ध अखिल क्रान्तिकारीमा पुनर्मिलन कार्यक्रम गरेर संगठनमा प्रवेश गरेका हुन ।
उहाँहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिती सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अविर र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
अब एक पछि अर्काे गर्दै क्रान्तिकारीहरू एक हुने बेला भएको र प्रचण्ड भन्दा पनि विप्लवले क्रान्तिकारी धारमा बढी विचलन ल्याउने काम गरेको नेता गजुरेलले टिप्पणी समेत गर्नुभयो ।
क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्तिको लागि भन्दै उनले पुनर्मिलनमा आउन सबैलाइ आग्रह समेत गर्नु भयो ।
गजुरेलले भन्नु भयो, आखिरमा विप्लवले जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नु र प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्नु उस्तै–उस्तै हो । शान्तिपूर्ण तरिकाबाट र निर्वाचन गरेर समाजवाद आउँछ भन्ने कुरा माक्र्सवादमा लागू नहुने नेता गजुरेलले बताउनु भयो ।
विप्लव नेकपाले देश र जनताको लागि संघर्ष नभई ब्यक्ति केन्द्रित भई तीन बुँदे सहमति गरेको अहिले छताछुल भएको वरिष्ठ नेता गजुरेलले बताउनु भयो । क्रान्तिकारीहरूले अब यसरी नै पुर्नमिलन गर्दै सच्चा क्रान्तिकारीहरूलाइ एकता गर्दै अगाडी बढ्नु पर्ने बेला आएको नेता गजुरेलले बताउनु भयो ।
क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले पार्टी कार्यालय ललितपुरको कुपोण्डोलको कार्यक्रममा बोल्दै नेता गजुरेलले अब पार्टी एकता नभए पनि पुर्नमिलन गर्दै छरिएर रहेका सच्चा क्रान्तिकारीहरूलाइ गोलबन्द गर्ने बेला आएको बताउनु भयो ।
अब एक पछि अर्को गर्दै क्रान्तिकारीहरू एक हुने बेला भएको र प्रचण्ड भन्दा पनि विप्लवले क्रान्तिकारी धारमा बढी विचलन ल्याउने काम गरेको नेता गजुरेलले टिप्पणी समेत गर्नुभयो।
क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्तिको लागि भन्दै उनले पुनर्मिलनमा आउन सबैलाइ आग्रह समेत गर्नु भयो।
विप्लव र प्रचण्डजी शान्तिपूर्ण तरिकाबाट र निर्वाचन गरेर समाजवाद आउँछ भन्ने कुरा माक्र्सवादमा लागू नहुने नेता गजुरेलले बताउनु भयो।
विप्लव नेकपाले देश र जनताको लागि संघर्ष नभई ब्यक्ति केन्द्रित भई तीन बुँदे सहमति गरेको अहिले छताछुल भएको वरिष्ठ नेता गजुरेलले बताउनु भयो।
त्यस्तै पुर्नमिलनमा आएका विद्यार्थी नेताहरूमा इश्वर सिंह साउद,भरत विक ,मनराज खड्का,प्रकाश न्यौपने,पुस्कर सिह क्षेत्री,सुदिप केसी,श्याम राइ,विष्णु महर्जन,महेन्द्र प्रकाश ओली,राम ब.तिरूवा,प्रभात भट्टराइ,विपिन विकलगायतका विद्यार्थी नेताहरूले क्रान्तिकारी माओवादी सम्वद्ध अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएकोछ ।
पुर्नमिलन कार्यक्रमको अध्यक्षता गरेका अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले अबको यो पुर्नमिलन कार्यक्रमले हाम्रो विद्यार्थी संगठनमा नयाँ आयमको सुरूवात भएको बताउनु भयो ।
उहाँले भन्नु भयो अखिल (क्रान्तिकारी) नाम भएका विद्यार्थी संगठनहरू धेरै छन् , साच्चिकैको अखिल (क्रान्तिकारी)को कुन हो ? विद्यार्थीहरूको हकहितको लागि कुन संगठनले काम गर्छ, कुन अखिल (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य सर्वशुलभ र निशुल्क हुर्नुपर्छ भन्दै सधैं सडक आन्दोलन गर्छाै,अरू संगठन फाइदा कहाँबाट हुन्छ, त्यही काम गर्छन् अध्यक्ष जगुरेलले भने। त्यस्तै अखिल (क्रान्तिकारी) की उपाध्यक्ष शीलु न्यौपानेले आफ्नो मन्तब्य राख्दै नयाँ प्रबेस गरेका हरुलाई स्वागत तथा सुभकामना दिनु भएको थियो । सो कार्यक्रमको संञ्चालन अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहालले गर्नु भएको थियो ।
प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी का स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबी गर्नुभयो ।
अहिले गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । कार्यपालिका,व्यवस्थापिकामा सङ्कट आएको उनीहरूले नै बताउने गरेको वरिष्ठ नेता गजुरेलले बताउनु भयो ।
प्रतिक्रियावादीहरूको एउटा हिस्साले सङ्कटै सङ्कट भनिरहेको छ। न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ?न्यायाधीशहरू काम गर्न छोडेर आन्दोलनमा छन्।
एउटा त्यही न्यायपालिका छ, भन्ने थियो त्यही पनि अहिले असफल भएको छ । त्यस्तै कार्यपालिकाको पनि अहिले असफल भएको छ । व्यवस्थापिकाको त अझ हालत सबैले देखि सकेका छौं असफल भन्नै पर्दैन होला गजुरेलले भन्नुभयो ।
देशको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको वरिष्ठ नेता सीपी गजुरेलले बताउनुभयो।
पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबी गर्नुभयो ।
देशको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको वरिष्ठ नेता सीपी गजुरेलले बताउनुभयो ।