ए पापी नेता,सरकार मैले देखेको तिम्रो अनुहार

ए पापी नेता,सरकार मैले देखेको तिम्रो अनुहार

x

चोर, फटाहा, दलाल, माफिया,यस्तैछन नेता महान !
गांउबाट सहर पसे उतै लुटको देखेर मुहान ।।
नदी बेच्छन, स्वाभिमान बेच्छन नमानेर लाज !
दिनभरी बढे नेता, मदिरा सुन्दरी सांझ ।।
लम्पट कार्यकर्ता बा र सुप्रिमो आदी भन्दै मख्ख !
पापीलाई यि शब्द प्रयोग गर्दा आमाको मनै चसक्क ।।

पुर्व पश्चिम,उत्रर दक्षिण सिमा मिचिदैछ अहिले ।
ब्यापार गर्दै,ठेक्का लिदै सेना मख्ख छ जहिले ।।
अन्याय अत्याचार बेतिथीमा डुब्दै नालाएक सरकार ।
नेपाली अस्मिता बेचिदा पनि राख्दैन दरकार ।।

४÷५ पटक एकै ब्यक्ति मन्त्री,प्रधानमन्त्री बन्दै रजाई गर्दै ।
जनताहरु रोग,भोग,अशिक्षा,स्वास्थ्य समस्याले घेरिदै ।
०७, ०४६, ०५२, ०६२÷६३ को आन्दोलनको मसिया बन्दै ।
सहिद घाइते अपाङ्ग टुहुराको मुटुमा नुनचुक लगाउदै ।
होनहार युवा खाडी मुलुकबाट दिनहुं बाकसमा भित्रदै ।
संधै रेमिट्यान्सले यो पापी सरकार चल्दै चलाउदै ।
त्यतिमात्र काहाँ हो र ःऋऋ मा देशै लुटाउदै छ अहिले ।