नेकपा(क्रान्तिकारी माओवादी) चितवनले माघ २१ गते राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयलाई लिएर विरोध रयाली र सभागर्ने निर्णय

नेकपा(क्रान्तिकारी माओवादी) चितवनले माघ २१ गते राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयलाई लिएर विरोध रयाली र सभागर्ने निर्णय

माघ १७ चितवन ।
देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी विरोध प्रदर्शन कार्यक्रम अनुसार चितवन जिल्ला पार्टीले यही माघ २१ गते चितवनको लायन्स चोकबाट विरोध प्रदर्शन गदै पुल्चोकमा प«गेर विरोध सभामा पणित हुने र त्यसलाई पार्टी तथा जवसका नेताहरुर्ने सम्वोधन गर्ने भएको जानकारी नेकपा(क्रान्तिकारी माओवादी)का केनद्ीय सदस्य तथा जिल्ला इनचार्ज धननाथ सापकोटा विकासले दिनु भएको छ ।

१५ माघ २०७८ मा सम्पन्न पार्टीको स्थायी समितिको बैठकका निर्णय वक्तव्य मार्फत् सार्वजनिक गर्दै पार्टी महासचिव मोहन वैद्य किरणले राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई गंभीरतापूर्वक आत्मसात गरी यही माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गरेको जनाउनु भएको थियो ।
वक्तव्यमार्फत् महासचिव किरणले सो विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गर्नु भएको थियो ।
पर्टी केन्द्रको उक्त निर्देशन बमोजिम चितवन जिल्ला पार्टीले उक्त कार्यक्रमको आयोजना गरेको छ ।