माघ १७ काठमान्डौ ।
केही समय अगाडि विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा पहिलो पुनर्मिलन कार्यक्रम भएको लगत्तै आज सोही पार्टी परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा दोस्रो पुनर्मिलन कार्यक्रम भएको छ ।
आजको कार्यक्रमको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा नेकपा(क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य तथा देजमो अध्यक्ष सीपी गजुरेल, स्थाई समिति सदस्यहरु रामसिंह श्रीष, प्रतिक, परिथापा तथा पोलट व्यूरो सदस्यहरु दिनेश शर्मा र चक्र पाणी शर्मा हुनुहुन्थ्यो ।


पुनर्मिलन कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी महासचिव मोहन वैद्य किरणले विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा पुनर्मिलनमा सहभागी कमरेडहरुलाई स्वागत गर्दै उहाँहरु क्रान्तिको मार्गमा संँगसँगै लामवद्ध हुने उत्कट चाहनाका साथ आउनु भएको छ र यसले नेपालको नयाँ जनवादी क्रान्तिहुँदै वज्ञानिक समाजवाद र साम्यवादसम्मको यात्रामा हामी हातेमालो गर्दै जाने र नेपालमा विस्तारवाद र साम्राज्यवाद र उनीहरुका दलालहरुका विरुद्ध कठिन संघर्षमा लामवद्ध हुने आशा र विश्वास भएको बताउनु भयो ।
उहाँले यो पुनर्मिलनमा सहभागी कमरेडहरु रुपमा केवल २ जना हुनुहुन्छ तर पार्टीले यसलाई मात्रात्मक भन्दा गुणत्मकरुपमा लिएको स्पष्ट पादैृ भविश्यमा पार्टीले दिएको जिम्मेवारीलाई देश र जनताको मुक्तिका लागि अनुशासित भएर लाग्नुहुनेछ भन्नु भयो ।
कार्यक्रममा पुनर्मिलनमा सहभागी कमरेडहरुका तर्फबाट एउटा विज्ञप्ति पनि पाठ गरिएको थियो ।


यो पुनर्मिलनमा सहभागी कमरेडहरुमा दिपेन्द्र शाही विकल्प सुर्खेत पार्टी जिल्ला समिति सदस्य र गोविन्द विक, जो विप्लव नेकपाको जनप्रगिशिील मञ्च कुवेतका सचिव हुनुहुनथ्यो, उक्त पार्टीबाट विद्रोह गरेर नेकपा(क्रान्तिकारी माओवादी)मा समाहित हुनु भएको छ ।
कार्यक्रमको सञ्चालन पुष्कर श्रेष्ठले गर्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर