चितवन । अखिल नेपाल लेखक संघको दोस्रो रास्ट्रिय भेला चितवनको टाडीमा उद्घाटन भएको छ । भेलामा अतिथिहरुले शुभकामना मन्तब्य राख्ने क्रम सकिएको छ । भेला उदघाटनमा प्रमुख अतिथि अखिल नेपाल जनसास्कृतिक महासङघका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भन्डारीले महासङघको घटकहरुको भेला सम्मेलन गर्दै अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो चन्द्रहरी सुबेदी अटलले राजनीतीमा नयाँ परिस्थिति निर्माण हुने बताउदै राजनैतिक ध्रुवीकरण सन्निकट रहेकोले लेखकहरुको भुमिका झनै बढेको उल्लेख गर्नुभयो । त्यस्तै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष अम्बिका मुडभरीले उत्पीडितहरुको पक्षमा लेखन कार्य हुनुपर्ने बताउनु भयो ।
त्यस्तै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का महासचिव धनेस्वर पोखरेलले मजदुर किसानले र सामान्य मान्छेले बुझ्ने साहित्य रचना गर्नुपर्ने धारणा राख्नुभयो । माक्र्सवादी लेखक तथा विश्लेषक रोशन जनकपुरीले लेखनमा सर्बहारा बर्गको बिम्ब छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो ।
माक्र्सवादी सास्कृतिक मोर्चाका संयोजक इस्मालीले सास्कृतिक आन्दोलनमा लेखकहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
प्रगतिशिल साहित्यकार बलराम तिमिल्सिनाले लेखक संघका कमान्डरहरुले कलमजिबि लालदस्तामा निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।
क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पान्डेयले भेलालाई शुभकामना दिदै लेखक संघले नयाँ पुस्ता जोडन पहल लिनुपर्ने बताउदै ‘लेखक र क्रान्तिकारी पत्रकार बिच युनिफाइड योजना बनाउन आवश्यक छ ‘ भन्नुभयो ।
उदघाटन संघका अध्यक्ष मित्रलाल पङ्ग्यानीको अध्यक्षता उपाध्यक्ष रवि किरण निर्जीवको स्वागत महासचिव अनिल श्रेष्ठको संचालनमा भएको थियो ।
कार्यक्रममा देशभरका क्रान्तिकारी लेखकहरुको यस भेलाले नया केन्द्रीय निर्वाचित गर्ने आयोजकले जनाएको छ ।
भेला पछि रास्ट्रिय स्वाधीनताको लागि सिर्जना अभियान अन्तरगत साहित्यिक कार्यक्रम हुने जनाइएको छ ।