
काठमाडौं । वर्षा तथा भारी हिमपातका कारण हिमाली जिल्लाहरु लगायत देशभरकै जनवीवन कष्टकर भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।
वर्षा र हिमपातका कारण ठाउँठाउँमा यातायात बन्द भएको छ भने चिसो बढ्नाले खासगरी हिमाली जिल्लाको जनजीवन निकै कष्टकटर बन्न पुगेको छ ।
यसैबीच, आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन आम नगारिकलाई आग्रह गरेका छन् ।

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ । रातभर वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात भइरहेको हो ।
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ । महाशाखाले आज ९बुधबार० बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यसैका कारण देशभर मौसम बदली तथा वर्षा र हिमपात भइरहेको हो ।


x’Dnfdf ef/L lxdkft
l;dsf]6, !$ k’; M lxdfnL lhNnf x’Dnfdf a’waf/ ef/L lxdkft . lxdkftn] oxfFsf] hghLjg k|efljt ePsf] . t:jL/ M bfg] af]x/f÷/f;;
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ ः देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
त्रिभुवन राजपथ अवरुद्ध
त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।
गएरातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ९पालुङ०का प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो।
मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।