नवलपरासी : जनतालाई सही सुचना नहुदाँ राष्ट्रघाती एमसीसी परियोजनाको राष्ट्रघात बारे जनता संगठित रुपले उत्रन हुन नसकेको एक कार्यक्रममा औल्याइएको छ । नेकपा (क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले मंगलबार जमुनियामा आयोजना गरेको कोणसभामा बोल्ने बक्ताहरुले क्रान्तिकारीहरुले जनतालाई सही सुचना दिनुपर्ने औल्याए ।

आयोजित कोण सभामा बोल्दै अखिल नेपाल रास्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र बहादुर थापाले जनतलाई भम्रमा पार्र्दै राष्ट्रघाती एमसीसी संसदबाट पास गरिए जनताले जनप्रतिनिधिलाई गाउँगाउँ बाट लखेट्ने चेतावनी दिनुभयो ।कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका महासचिव रवि पाण्डेयले एमसीसी सम्झौता संग नेपालको संविधान बाझिएमा कम्प्याक्टको बिषय स्वत: लागू हुने प्रावधान रहेको चर्चा गर्दै देशभक्त क्रान्तिकारीहरुले जनतालाई यो तथ्य बुझाउन सक्नुपर्ने बताउनुभयो । उहाँले एमसीसीबाट र्सिजित बौद्धिक सम्पति अमेरिकी साम्राज्यवादको हातमा जाने बताउदै ‘यो जनघात पनि हो ’–भन्नुभयो ।

महासचिव पाण्डेयले भुमण्डलीकृत सुचना साम्राज्यवादले एमसीसी बारे जनतामा भम्र छरेको जिकिर गर्नुभयो । ‘विकासको परियोजना हो भन्दै भम्र छरेका छन् त्यो चिर्न सक्नुपर्छ ‘ –उहाँले भन्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेलले रास्ट्रघाती एमसीसी खारेजीको आन्दोलन गाउँ गाउबाट उठेर दलालहरुका विरुद्ध लाग्नु पर्ने बताउनु भयो । त्यस्तै देशभक्त जनगणतन्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणि भन्डारीले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद्बाट राष्ट्रलाई स्वाधीन बनाउन राष्ट्रघाती जनघाती असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कोणसभा अघि एमसीसीको विरुद्ध नाराबाजी गरिएको थियो ।































