मंसिर २५ काठमान्डौ ।
ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा आज त्रिचन्द्र क्याम्पसमा वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जनकारी अखिल(क्रान्तिकारी ) को केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले दिनु भएको छ । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक ने.क.पा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी गजुरेल ,विशेष प्रशिक्षक अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , उपाध्यक्ष शीलु न्यौपाने, महासचिव पेशल दाहाल, सचिव महेश श्रेष्ठको उपस्थित रहेको थियो ।

प्रशिक्षणमा सी.पी गजुरेलले विधार्थीहरु अनिवार्य रुपमा अखिल(क्रान्तिकारी) मा संगठित भएर राजनीतिमा सहभागी हुनुपर्ने बताउनु भया े। वर्तमान समयमा विधार्थीहरु प्रलोभनमा नपरि उत्साहित बनेर अन्याय र अत्याचार विरुद्ध सक्रियता वृद्ध गरेर आन्दोलित हुनुपर्ने भन्दै विधार्थी नेताहरुलाई प्रशिक्षित गर्नु भयो । यस्तै गरि हरिकृष्ण गजुरेलले विधार्थीहरु नै परिवर्तनका प्रमुख सम्वाहाक भएको हुदा शिक्षामा देखिएका विकृति विरुद्ध अखिल (क्रान्तिकारी) चुपलागि नबस्ने भन्दै त्रि.वि सेवा आयोगको विकृति विरुद्धको २९ दिने अनशन र लकडाउनको बेला एम.सी.सी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार विरुद्ध अमेरिक दुतावाश अगाडि गरिएको कालो झन्डा प्रर्दशन होस जस्तो सुकै संकटमा अखिल(क्रान्तिकारी) बाहाना बाजि गदैन बरु डटि हरेक संकटमा संधर्ष गर्ने बताउनु भयो ।

अखिल(क्रान्तिकारी)कि केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले वर्तमान राजनीतिमा वैचारधारा मूल स्पीरिड राजनीति पार्टीहरुले विर्सिदै गएको, वर्ग संधर्ष ,सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने कम्युनिस्ट चरित्र सरकारी कम्युनिस्ट पार्टीले विर्सिएको हुदा, पुजीवादीहरुले शिक्षामा हालीमुहाली गर्दै शिक्षामा खाडल निर्माण गरेको हुदा अब विधार्थीहरु सचेत,संगठित हुँदै हरेक स्कुल,कलेज,विश्वविद्यालय मा अखिल (क्रान्तिकारी )पुग्नु पर्ने बताउनु भयो । उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय महासचिव पेशल दाहाले गर्नु भएको थियो ।
सोहि कार्यक्रममा विभिन्न संगठन तथा पार्टीबाट संगठन प्रवेश कार्यक्रमा पार्टी स्थायी समिति सदस्य सी.पी गजुरेल , अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल अविर,खादाले प्रवेश गराएका थिए । प्रवेश हुनेमा कालिकोट जिल्ला पचलि झरनाका राम व.वि.क (तरुण दल),विपिन विक (माके), गोविन्द तिरुबा ,राम वि.क, पदम वि.क, नरेन्द्र वि.क ,मीन कामी, धन बहादुर माओवादी केन्द्र बाट प्रवेश गरेको जानकारी अखिल (क्रान्तिकारी) कि उपाध्यक्ष शीलु न्यौपानेले जानकारी गराउनु भयो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर