काठमाडौं÷ नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष अमर गिरीले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा आजै एक प्रेस विज्ञप्ति जारी गर्दै गिरीले पार्टी परित्याग गरेको जनाएका हुन् ।

वक्तव्यमा उनले एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन बढेको, महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम, कार्यदिशा विपरीत हिँड्न सुरु गरिएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप लगाउँदै दक्षिणपन्थी विचलनको आफूले सदैव आलोचना गर्दै आएको बताएका छन् । उनले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण, नैतिक मूल्यको गम्भीर क्षय भएको पनि आरोप लगाएका छन् ।

‘एमाले विभाजनपछि भएको विधान महाधिवेशनमा कमजोरीहरुको गम्भीर समीक्षा र त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धताको महाधिवेशन हुनुपथ्र्यो तर त्यसो भएन’ वक्तव्यमा भनिएको छ । यही मङ्सिर १०–१२ मा हुन गइरहेको दसौँ महाधिवेशनमा पनि गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध विद्रोह गरेको गिरीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार