रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नं. ४ बोलङबोलङमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठन क्रान्तिकारी युवा लिगको वडा कमिटि गठन भएको छ । ६ मंसिरमा भएको एक भेलाले सोमबहादुर क्याप्छाकी मगरको संयोजकत्वमा ३२ सदस्सीय वडा कमिटि गठन गरेको हो ।


भेलाले सहसंयोजकमा फुकुमार आले मगरलाई चयन गरेको छ भने सदस्यहरुमा राम क्याप्छाकी, जनक आले, याम क्याप्छाकी, चुडामणि क्याप्छाकी, प्रनिश क्याप्छाकी, कुवेर क्याप्छाकी, खिलबहादुर क्याप्छाकी, टुकराज क्याप्छाकी, ख्यानबहादुर क्याप्छाकी, वीरबहादुर क्याप्छाकी, झमकुमार क्याप्छाकी, चन्द्रबहादुर क्याप्छाकी, कृष्णबहादुर आले, गुणराज आले, दिलबहादुर क्याप्छाकी, चन्द्रबहादुर क्याप्छाकी मगर (बी), खरबहादुर क्याप्छाकी, कर्णबहादुर क्याप्छाकी, खरबादुर क्याप्छाकी (बी), टेकबहादुर क्याप्छाकी, रविन क्याप्छाकी, डोरबहादुर क्याप्छाकी, मिनकाजी क्याप्छाकी, ओमबहादुर क्याप्छाकी, वीर थापामगर, रुकुम सिंजाली मगर, नविन थापामगर, टेक सारुमगर, एक क्याप्छाकी लगायत रहेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गगनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टी जिल्ला सदस्यहरु रमेश र सुजनको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार