शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग

शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोधमा अमेरिकी दुताबास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले गरेको हस्तक्षेप र गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर निन्दा र भत्र्सना गरेको छ ।


पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालका प्रधानमन्त्री लगायत संसदवादी पार्टीका नेताहरुमाथि दवाव दिन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको विरोधमा प्रदर्शन गर्ने पार्टीका कमरेडहरुमाथि गरिएको दमन तथा गिरफ्तारीको हाम्रो पार्टीे घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै गिरफ्तारीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।”

वक्तव्यमा गिरफ्तार नेता कार्यकर्ताका सम्बन्धमा भनिएको छ, “आज २०७८ साल मङ्सीर ३ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को आयोजनामा दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसीे परियोजना खारेजीको माग राखी अमेरिकी दुतावाश, महाराजगञ्जमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमाथि देउवा नेतृत्वको गठबन्धन सरकारले अन्धाधुन्ध प्रहरी हस्तक्षेप गरी पार्टीको विभिन्न जिम्मेवारीमा कामगर्ने कमरेडहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा क. अमीर महर्जन, क. खगेन्द्र छन्त्याल, क. टेक बहादुर वि.क., क. जगदीश्वर महर्जन, क. राधाकृष्ण थापा, क. शोभा वि.क., क. हरि वि.क., क शंकर बोहोरा, क. संसेर वि.क. लगायत हुनुहुन्छ ।”