काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।


आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो ।

हार्दिक शुभकामना !

उक्त प्रदर्शनका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताउनु भयो ।


उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिनुभयो । अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताउनु भयो ।

कार्यक्रमको सञ्चालन संगठनकी उपाध्यक्ष शिलु न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर