काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको पक्षमा उभिन सांसदहरुलाई नेकपा (क्रान्तिकारी माओवादी)ले आग्रह गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला समितिको आयोजनामा जारी सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने अभियानको दोस्रो दिन बिहीबार सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरिएको हो ।


क्रान्तिकारी माओवादीकी काठमाडौं जिल्ला इन्चार्ज सरु, सेक्रेटरी अमर लगायतका नेता कार्यकर्ताहरुको टोलीले बिहीबार सांसदहरु कृष्ण गोपाल श्रेष्ठ, कृष्ण राई, अञ्जना बिशंखे र सरिता न्यौपानेलाई भेटेर राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको पक्षमा उभिन आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

हार्दिक शुभकामना !


सांसदहरुसँग एमसीसी खारेज गर्ने विषयमा सबैसंग अत्यन्तै सहज र हार्दिकता पुर्वक छलफल गरिएको र छलफलले आफूहरुलाई उत्साहित बनाएको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अमरले बताउनु भयो ।


उक्त अभियान टोलीले बुधबार काठमाडौंबाटै प्रतिनिधित्व गर्ने दुई जना सांसदलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो । यो टोलीले शुक्रबार पनि अन्य सांसदहरुलाई घेटने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर