कार्तिक १ , काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।
लामो समयदेखि दमको रोगबाट पीडित महासचिवलाई असोज ३१ गते बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । त्यसदिन दिनभरी उहाँलाई आईसियुमा राखेर उपचार गरी स्वास्थ्यमा केही सुधार देखिएपछि डाक्टरको सल्लाहअनुसार २४ घण्टाका लागि अब्जर्भेशनमा राखेर उपचार गरिएको छ ।


उहाँको छातीमा गम्भीर प्रकृतिको समस्या देखिएको छ र हिजो मुटुको इसिजि गर्दा नर्मल देखिएको छ र आज केही मुटुसम्वन्धी जाँच गर्ने भनिएको छ । अन्य छातीको एक्सरे लगायतका परीक्षणमा फोक्सोमा पहिलेभन्दा थप केही समस्या देखिएको छ र त्यसको विस्तृत जाँचपछि समस्या वारे पुरा जानकारी हुने कुरा थाहा भएको छ ।
कार्तिक ७ गतेसम्म उहाँको पहिले जाँच गर्ने डाक्टर विदामा गएकाले उहाँ आएपछि विस्तृत जाँच गरिने कुरा उहाँसंगै अस्पत्तालमा बस्नु भएकी उहाँकी छोरीबाट जानकारी भयो ।
आज उहाँलाई भेटन आउनेहरुसंग पहिलेजस्तै राम्रोसँग कुरा कानी गर्न सक्नु हुन्छ । अक्सिजन र अक्सिजन स्याचुरेसन सामान्य छ । ब्लडप्रेसर ११०–६० छ, ज्वरो छैन ।  खाना खान थालेमा यसमा पनि सुधार हुन्छ भन्ने डाक्टरको सल्लाह छ ।
आज चेकजाँच गरेर मात्रै थाहा हुनेछ कि अस्पत्तालमा अरु केही दिन बसेर उपचार गर्ने वा घरमै आराम गरेर उपचार गरी पछि डाक्टर आएपछि पुरै जाँच गर्ने ।
वर्गदृष्टि मिडिया प्रा.लि. क.किरणको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार