दाङ ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) दाङकाे आयाेजनामा कमरेड लक्षिमादेवी पाैडेलकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । पार्टीको तुलसीपुर नगर समिति सदस्य तथा पार्टीका केन्द्रीय सदस्य एवम् ईच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दु:खीकी ममतामयी अामा लक्षिमादेवी पाैडेलकाे निधनकाे नवाै दिनमा श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएकाे हाे । पौडेलको ८१ आैं बर्षको उमेरमा असोज ५ गते दुखद निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली मन्तव्य राख्दै पार्टीका नेताहरुले कमरेड लक्षिमादेवी पाैडेलकाे व्यक्तित्वकाे बारेमा प्रकाश पार्दै गत बर्ष आफ्ना पतिको दुखद निधनमा परम्परागत काजकिरिया नबारेर उहाँले रुढिवादी परम्परा र विकृतिलाई ठाडाे चुनाैती दिएकाे बताउनु भयाे ।
नेपाली कम्युनिस्ट आन्दाेलन तथा माओवादी आन्दाेलनमा उहाँले खेलेकाे भुमिकाकाे स्मरण गर्दै वक्ताहरुले कमरेड लक्षिमादेवीप्रति उच्च सम्मान प्रकट गर्नुभयाे ।
उहाँहरुले दाङ्गली कम्युनिस्ट आन्दोलनमा बिषेशत जनयुद्धको समयमा यो घर नचिन्ने बाआमा नचिन्ने पार्टी पङ्ती नभएको, सबै पार्टी कार्यकर्ता समानरूपले हेर्ने र पार्टीका सदस्यहरुलाई आफ्नै छोराछोरी जस्तै माया गर्ने स्वास्थ खानापिना सोधखोज गर्ने आमाको गुण हजारौं कार्यकर्ताले नभुल्ने कुरा बताए ।
नेकपा (क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज समिरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आमाको जीवनी तथा स्वागत मन्तब्य देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष इश्वरी प्रसाद गेेैरे राख्नुभएकाे थियाे भने श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माअोवादी) का पीवीएम तथा लुम्बिनी प्रदेश इञ्चार्ज प्रेम सुवेदी , प्रदेश सचिव भुपेन्द्र न्यौपाने , देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य याम बहादुर शाह ,पुर्ब संविधान सभा सदस्य तथा बाम नेता कुबेर वली , अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नारायण प्रसाद भण्डारी , शिक्षक महासंघकाका सह अध्यक्ष राम प्रसाद जैसी , लगायतले श्रद्धाञ्जली मनतव्य राख्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन दाङ पार्टी सेक्रेटरी नरेन्द बञ्जाडेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर