दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार अभियान

दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार अभियान

 

दाङ । दाङ जिल्लाका विभिन्न स्कुल तथा क्याम्पसहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आफनो संगठन बिस्तारलाई तीव्र पारेकाे छ । यसै क्रममा जिल्लाकाे सिद्व पृथ्वी जनता माविमा एक कार्यक्रमका बीच ११ सदस्यीय कमिटी गठन गरिएको छ।

जसमा अध्यक्ष- अविशेक वलि, उपाध्यक्ष- सृजना खडका र सुनिता के सी, सचिव-कमल चौधरी, सहसचिव- मोहन डागी, सदस्यहरुमा डिला चौधरी, भुमा थापा, ममता विक र सुदन चौधरी रहेका छन्। उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का फयाक्सन इन्चार्ज वासु भण्डारी, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष मनोज थापा, अखिल (क्रान्तिकारी) का करण खडका, आयुस रसायली लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा संगठित विध्यार्थीहरुलाई बधाई तथा शुभकामना दिंदै अखिल (क्रान्तिकारी) का फयाक्सन इन्चार्ज भण्डारीले देशकाे समसामयिक राजनीतिक स्थिति र क्रान्तिकारी विध्यार्थीहरुले खेल्नुपर्ने भुमिकाकाे विषयमा मन्तव्य राख्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयाे । अध्यक्ष थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगाउत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताउनु भएको छ ।

उहाँले संगठन र संघर्षलाई जिल्लाका सबै स्कुल क्याम्पसहरुमा एक साथ अभियानकाे रुपमा ससञ्चालन गरिने पनि बताउनु भयाे ।