भदौ २७ काठमान्डौ
चितवनमा राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै विभिन्न ठाउँमा विरोध कार्यक्रम, कोणसभाहरु, सिडियो कार्यालय घेराउ, मन्त्रीका नामका संस्थाहरु तथा उनीहरुका घर घेराउ आदि कार्यक्रमहरु सम्पन्न गरिएका समाचारहरु प्राप्त भएका छन् ।

१. चितवनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ एवं सांसद उमा रेग्मीको घरमा ब्यानर र कालो झण्डा टांगेर एमसीसीको पक्षमा नलाग्न खबरदारी गरियो ।

२. राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै चितवनको जिल्ला प्रशासन कार्यलय घेराउ

३. माडीको बसन्तपुर बजारमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा राँके जुलुस सहितको विरोध कार्यक्रम सम्पन्न
एमसीसी खारेजी संयुक्त अभियान संघर्ष समितिले आयोजना गरेको सो विरोध कार्यक्रमका वक्ताहरुले एमसीसी राष्ट्रहित विपरीत भएको भन्दै चर्को विरोध गरेका थिए ।


उनीहरुले राष्ट्रघाती एमसीसीका लागि बजेट नै छुट्याएको भन्दै सरकारको आलोचना समेत गरे । उनीहरुले संसदबाट राष्ट्रघाती विधेयक पारीत गरिए ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् ।
बुधवार साँझ करीब ६ बजे बसन्तपुर बजारमा भएको विरोध कार्यक्रममा एमसीसी खारेजी संयुक्त अभियान संघर्ष समिति माडीका अध्यक्ष चन्द्र प्रसाद सुबेदी, एमसिसी खारेजी संयुक्त अभियान संघर्ष समितिका चितवन सल्लाहकार घनश्याम सापकोटा लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै चितवनको नारायणगढ बजारमा प्रहरी हस्तक्षेपको वावजुत मसाल जुलुस गरियो । लायन्सचोकवाट शुरु भएको मसाल जुलुस प्रहरीको अवरोधको सामना गर्दै पुलचोक पुगेर समापन भयो। अवको अर्काे कार्यक्रम राष्ट्रघाती एमसीसी सम्झौताको विपक्षमा खडा हुन नसक्ने वा त्यसको पक्षपोषण गर्ने चितवन जिल्लाका निर्वाचित तथा समानुपातिक संसदहरुको घरमा व्यानर टास्ने रहेको छ । यश कार्यक्रममा सक्रिय सहभागी हुन सम्पूर्ण जनसमुदायमा अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर