काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोध गर्न निकालिएको जुलुसमाथि देउवा सरकारका पुलिसहरुले गरेकाे अन्धाधुन्ध लाठीचार्ज र गिरफ्तारीकाे घाेर निन्दा र तीव्र भत्र्सना गरेकाे छ । पार्टी महासचिव माेहन वैद्य किरणले वक्तव्य जारी गर्दै गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न जाेडदार माग गर्नु भएकाे छ ।
वक्तव्यमा भनिएकाे छ, ” हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौताको खारेजी र एमसीसीलाई लागु गराउन
नेपाल आउने अमेरिकी साम्राज्यवादका भरौटेको विरोधमा आयोजित जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ । साथै यस क्रममा गिरफ्तार सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ । “
भदौ २४ गते (आज) “एमसीसी खारेजी आन्दोलन” को आह्वानमा एमसीसीे खारेजी र एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोध गर्न निकालिएको जुलुसमाथि देउवा सरकारका पुलिसहरुले अन्धाधुन्ध लाठीचार्ज गरी कोटेश्वर इलाकाबाट विभिन्न पार्टी तथा सङ्गठनमा आबद्ध दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियाे । गिरफ्तार हुनेहरुमा नेकपा (क्रान्तिकारी माओवादी) का
पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव कमरेड सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष इश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जन, दलित नेता टेक बहादुर वि.क., जन समाजवादी पार्टी नेपालका उप महासचिव डम्बर विक्रम कार्की, नेकपाका सचिवालय सदस्य कृष्णहरि भट्ट, माक्र्सवादी एकता अभियानका संयोजक डा. शम्भु कट्टेल, नेतृ भावना विद्रोही लगायत ४ दर्जनभन्दा बढी नेता कार्यकर्ता भएकाे वक्तव्यमा उल्लेख छ । उहाँहरुलाई अहिले महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर