भदौ २४ दैलेख ।
ढिलोगरी प्राप्त समाचार अनुसार यही २२ गते दैलेखको सदरमुकाम देवकोटा चोकमा एमसीसीको विरोधमा कोणसभा सम्पन्न गरिएको छ । उक्त कोणसभालाई सम्वोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य कृष्ण गुरुङले नेपालमा संसदीय व्यवस्थाको नाममा दलालहरुको सरकार र उनीहरुकै प्रतिपक्ष भएकाले देशको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गिद्दे दृष्टि पदै आएको छ र अमेरिकी सहयोगमा आउने भनिएको एमसीसी परियोजनाले नेपालमाथि साम्राज्यवादी र विस्तारवादीको संयुक्त हैकम हुने सम्भावना भएकोले आम देशभक्त नेपालीहरु यस्ता दलालहरुका विरुद्ध संघर्षमा उत्रिएर एमसीसीजस्ता राष्ट्रघाती सम्झौताको खारेजीका लागि सरकारमाथि दवाव सृजनागर्न आवश्यक छ भन्नु भयो ।


सम्वोधनका धmममा ६ नं. प्रदेश कमिटि सदस्य मदन शाहीले यदी एमसीसी पास गरेर कार्यान्वयन गरेमा देशमा गृहयुद्ध हुने सम्भावना तर्फ पनि संकेत गर्नु भएको थियो । कार्यक्रमको संचालन पनि मदन शाहीले नै गनु भएको थियो ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको विरोधमा उत्रिएको जुलुसबाट दर्जनौ गिरफ्तार
नेकपा(क्रान्तिकारी माओवादी)३ नं. प्रदेश सचिव सुरेश श्रेष्ठ, क्रान्तिकारी ट्रेड युनियन महासंघका नेताहरु इश्वर तिमिल्सिना, बसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश मर्हजन, दलित नेता टेकबहादुर विक, माक्र्सवादी एकता अभियानका संयोजक डा शम्भु कटेल,नेतृ भावना विद्रोहीलगायत करीब ३० भन्दा बढता गिरफ्तार
भदौ २४ कोटेश्वर काठमान्डौ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलगायत समग्र एमसीसी टोलीको संयुक्त विरोध जुलुसबाट नेकपा(क्रान्तिकारी माओवादी)३ नं. प्रदेश सचिव सुरेश श्रेष्ठ, क्रान्तिकारी ट्रेड युनियन महासंघका नेताहरु इश्वर तिमिल्सिना, बसन्त बोगटी, दलित नेता टेकबहादुर विक, माक्र्सवादी एकता अभियानका संयोजक डा शम्भु कटेल,नेतृ भावना विद्रोहीलगायत करीब ३० भन्दा बढता गिरफ्तार गरिएका छन् ।
गिरफतार गरिएका अन्य प्रदर्शनकारीहरुमा भरत गौतम, दिपक शर्मा, राजन थापा मगर, डम्बर विक्रम कार्की, शुरेन्द्र ढकाल, मधु विसि, कृष्णहरी भट्ट, उत्सुक कटेल, राम जोशी, असल वाइवा तामांग, अर्जुन बोगटी, किरन तुलाधर, आकाश महर्जन, विमल अधिकारी, सुरेश तामांग लगायत छन् ।
उहाँहरुलाई काठमान्डौको कोटेश्वरको संयुक्त विरोध ज«ल«सबाट गिरफतार गरी त्यहीको प्रहरी चौकीमा राखेको जानकारी प्राप्त भएको छ ।
संयुक्त विरोध कार्यक्रमहरु अहिले काठमान्डौका ठाउँ ठाउँबाट एमसीसी खारेज गर भन्ने आम नारा घन्काउदै स्वतन्त्र युवाहरु तथा नागरिक समाज पनि सडकमा उत्रिएको अवस्था छ र देउवा सरकार यस्तो शान्तिपूण कार्यक्रममाथि बरबर दमन गर्न उत्रिएको छ । आजका यी विरोध प्रदर्शन र जुलुसहरु विगतदेखि एमसीसी खारेजका लागि गर्दै आएका चरणबद्ध आन्दोलनका रुपमा गरिएको सशक्त विरोध प्रदर्शन हो ।

प्रतिक्रिया

सम्बन्धित खवर