काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध प्राध्यापक, बुद्धिजीवी, साँस्कृतिककर्मी, लेखक, पत्रकारहरुले पनि राष्ट्रघाती एमसीसी सम्झाैता खारेजीकाे जाेडदार माग गरेका छन् । प्रा.डा.जगदीश चन्द्र भण्डारी, अध्यक्ष- नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, हुकुमबहादुर सिंह, अध्यक्ष- क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपाल, हिरामणि दुःखी- महासचिव, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, इन्द्र राउत, अध्यक्ष- क्रान्तिकारी पत्रकार महासंघ, मित्रलाल पंज्ञानी, अध्यक्ष- अखिल नेपाल लेखक संघले संयक्त रुपमा मंगलबार जारी गरेकाे वक्तव्यमा भनिएकाे छ, “नेपाली जनता र नेपाल राष्ट्रको हित विपरीत  मुलुकको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिक स्वतन्त्रतामाथि नै हस्तक्षेप र अस्तित्व नामेट पार्ने गरि ल्याउन खोजिएको अमेरिकी सहायता नियोग , मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) नामक राष्ट्रघाती परियोजनालाई संसदबाट पारित गराउन नेपाल सरकार
उद्यत रहेकाे छ । नेपाली जनता र मुलुकको हित विपरीत  मुलुकका केही दलाल र  मूलत : अमेरिकी साम्राज्यवादको स्वार्थ पूरा गर्ने कुत्सित आसयका साथ ल्याइएको उक्त प्रोजेक्टको हामी  विरोध गर्दछौं र नेपाल सरकारलाई  उक्त  प्रोजेक्ट  खारेज गर्न जोडदार  माग गर्दछौं ।” वक्तव्यमा अगाडि भनिएको छ, “साथै  अमेरिकी साम्राज्यवाद तथा  भारतीय विस्तारवादी शासकका हालैका नेपाली भूमिमाथि भएका राष्ट्रियता र सार्वभौमिक स्वतन्त्रता माथिका हस्तक्षेपकारी कदमका विरुद्ध भएका आन्दोलनप्रति लक्ष्यित  गरि गृह मन्त्रालयद्वारा जारी  गरिएको  विज्ञप्ति तत्काल नेपाली जनतामा क्षमा याचना सहित फिर्ता गरियोस् र त्यस प्रकारका जनविरोधी  तथा  राष्ट्रविरोधी मुर्ख्याइँ पूर्ण  हर्कत नदोहोर्‍याइयोस् । सरकारको त्यस किसिमको राष्ट्रघाती तथा जनघाती अपराधयुक्त कदमलाई  निस्तेज र निरस्त पार्न, अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद विरुद्ध सशक्त  आन्दोलन उठाउन  र ती विरुद्ध हुने  सङ्घर्षमा ऐक्यबद्धता प्रकट गर्न हामी देशभक्त, जनवादी र प्रगतिशील शक्ति तथा आम जनसमुदायलाई आह्वान गर्दछौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर