मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई अखिल (क्रान्तिकारी) को अपिल

मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई अखिल (क्रान्तिकारी) को अपिल

१४ भाद्र काठमान्डौ ।

पोखराको फूलबारीमा सञ्चालित मणिपाल मेडिकल कलेजले सरकारलाई समेत कुनै जानकारी नै नदिई एकतर्फी ढङ्गले बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेललाई बेचेको कुराप्रति अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको कुरा एक प्रेस विज्ञप्तिमार्फत बताएको छ ।
सन् १९९२ मा नेपाल सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता पूर्ण रुपमा कार्यान्वयनका गरिनुपर्छ र उक्त कलेजमा एमबीबीएस र एमडीमा अध्ययनरत विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई नहुने चेतावनी सहीत निम्न विज्ञप्ति प्रकाशित गरिएको छ :