कम्युनिष्ट पार्टीको स्थापना
धेरै भूमिका नबांधि भन्नु पर्दा कम्युष्टि पार्टी साम्यवादी शासन व्यबस्थाको स्थापनाको लागि भएको हो । सन् १८४८ को घोषणापत्र नै कम्युनिष्ट पार्टीको स्थापना थियो । कार्ल माक्र्सले विश्व पँुंजिवादी अर्थतन्त्रलाई एक एक अध्ययन गरेर निकालिएको निश्कर्ष थियो समाजवाद हुदै साम्यवादको स्थापना । यसको लागि उनीहरु जो उत्पिडित वर्ग मजदुर, किसान आदि जसलाई सर्वहारा वर्ग भनिन्छ,को शक्तिबाट उनीहरुकै राज्य सत्ता स्थापना गर्नु रहेको थियो । पँुंजिपति, औधोगिक कारखानाका मालिक, जमिन्दारहरु पँुंजि बृद्धिको लागि साम्राज्यवादी नीतिसंगै ठूलो संख्यामा अमानवीय दास प्रथाको शुरुवात गरे । समय क्रममा औधोगिक विकाससंगै पँुंजि बृद्धिको माध्यम मजदुर बन्यो । व्यापारिक कोणबाट उद्योगहरु शहरमा एकत्रित रुपमा स्थापना हुनुको फाइदा मजदुरमा पर्न गयो । दास प्रथामा जस्तो छिन्नभिन्न रहेकाले कहिल्यै संगठित हुन नसक्ने अवस्थाबाट शहरको एकत्रित उद्योगले मजदुरलाई जमघट हुने र चिनजानको माध्यम बनायो । एकले अर्काको समस्या थाह पाउन सफल भए । दास प्रथामा जस्तै मजदुरलाई पनि जीवन चलाउनसमेत कठिन हुने तलब सुबिधा दिइयो । तर यसपालि यो भेदभाव निकै महंगो साबित भयो । शहरको सुबिधा र प्राय: सबै उद्योग एकै क्षेत्र रहने भएको कारण मजदुरहरु संगठित हुने अवसर प्राप्त भयो । त्यसैको फलस्वरुप र कम्युनिष्ट पार्टीको स्थापनाको सिद्धान्त मिल्न जानु संयोग जस्तै बन्न पुग्यो । मजदुरहरुको समग्र पीडा र कम्युनिष्ट पार्टीको सिद्धान्त मिल्नु क्रान्तिको लागि बलियो आधार बन्यो ।
सर्वहारा राज्य स्थापनाको लागि युरोपीय देशहरुमा भएको क्रान्ति रुससम्म पुग्दा पूरै परिमार्जन भएको देखिन्छ । रुसमा मजदुर, किसानको साथमा सेना निर्माणमार्फत सशष्त्र आन्दोलन भयो । चीनमा क्रान्तिको रुप परिवर्तन हुन पुग्यो । चीन औधोगिक रुपमा विकसित नभएको र अर्धसामान्ति, अर्धऔपनिवेशिक अवस्थामा रहेको थियो । चिनियाँं जनता त्यहाँको क्रुर शासक र जापान, रुस, फ्रान्स, बृटिशहरुको औपनिवेशिक अवस्थाबाट उत्पिडनमा थिए । तर चीनसंग क्रान्तिको लागि युरोपमा जस्तो संगठित मजदुर र रुसमा जस्तो संगठित किसान थिएनन्, जसको शक्तिबाट क्रान्तिको लागि वातावरण बनाउन सकिन्थ्यो । उनीहरु आर्थिक रुपमा पनि निकै कमजोर थिए । त्यहाँ नयँं सिराबाट क्रान्तिको तयारी गर्नु थियो । यो भनेको पँुंजिको विकास नभएको र औधोगिक विकास नभएको देशमा सर्वहारा क्रान्ति गर्नु त्यति सहज थिएन । यस्तो अवस्थामा माओले नयाँ विचारधाराको विकास गरे ुनयाँ जनवादु । उनको विचार थियो जनता नै सर्बशक्तिमान हुन् । जनताको शक्ति र माओको विचार एक ठाउंँमा मिसाएर क्रान्तिको आधार इलाका तयार गरिएको हो चीनमा । जनतासंग भएका सीप, कलालाई प्रयोग गरेर र शहरका इन्जिनियर, डाक्टर, बिद्यार्थी, नेता, कार्यकर्ताहरुलाई सिक्ने र सिकाउने कार्यनीति अबलम्वन गरियो । यसले ग्रामिण इलाका उत्पादनको बलियो आधार बन्न पुग्यो । जब ग्रामिण इलाका बलियो बन्यो र जनतामा पनि विश्वासको वातावरण बन्यो तब राजनीतिक प्रशिक्षणसहितको लालसेना निर्माण गरियो । त्यहांको राजनीतिक विचार र सिद्धान्त जनताकै बीचबाट परिमार्जन र परिस्कृत हुदै बनेको हो । त्यसकारण त त्यहां नेताहरुमा विचलन आउंदा पनि जनता कहिले पनि विचलित भएनन् । होइन भने सांस्कृतिक क्रान्ति कसरी सम्भव हुन्थ्यो र ?
नेपालमा कम्युनिष्ट पार्टी
विश्वमा समाजवादी लहरले कुनै पनि देश अछुतो रहन सकेन । देश त के राजनीतिक दलका नेताहरुसमेत समाजवादी विचारबाट निकै प्रभावित हुन पुगे । सोहि विचारधाराबाट प्रभावित भएरै विपि कोइराला झन्डै कम्युनिष्ट भएका थिए भनिन्छ । उनको समाजवादी सिद्धान्त यसैको परिणाम थियो । यहि समाजवादी लहरको एउटा झिल्को थियो नेपालमा कम्युनिष्ट पार्टीको स्थापना । समाजवाद सिद्धान्त र सर्वहारा वर्गको लागि राज्य सत्ता स्थापनामा लाग्नु ब्यबहारिक रुपमा त्यति सजिलो कुरा होइन । पहिलो त ब्यबहारिक रुपमा समाजवादी सिद्धान्त अबलम्वन गर्न र सर्वहारा वर्गलाई राज्य सत्तामा पु(याउने कुरा त धेरै परको कुरा भयो सर्बप्रथम त उनिहरुलाई अधिकार दिन तयार हुनु पर्छ । नेपालका कम्युनिष्टहरुमा समाजवादी सिद्धान्त जप्न जति सजिलो भयो त्यति ब्यबहारिक कार्यान्वयनमा कठिन भयो । यो कठिन हुनुमा नेपाली समाज ब्यक्तिगत स्वार्थबाट बाहिर आउनै नसक्ने गरि जडसुत्रमा फसेको छ । यसबाट बाहिर निस्कन अभिमन्युलाई जस्तै कठिन छ । यसको लागि उसले पहिलो बिद्रोहको सामना परिवारबाटै गर्नु पर्छ । परिवारमा बिद्रोह ? के यो सम्भव छ ? नेपाली कम्युनिष्ट यहि रोगबाट ग्रसित हुन पुग्यो र स्थापना कालको जोशिलो समय र समाजवादी विचारको लहरको समयमा समेत आन्तरिक कलह शुरु भएको इतिहांस छ । एउटा स्वच्छ हृदयले राजनीतिक सिद्धान्तलाई केन्द्रमा राखेर गरिने राजनीतिक संगठनमा त्यति धेरै फाटो आउंछ जस्तो लाग्दैन । अर्को मुख्य कुरा राजनीतिक विचार स्पष्ट भएपछि देशको भौगोलिक परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, सामाजिक संरचना, आर्थिक अवस्था, धार्मिक, सांस्कृतिक परिस्थितिलाई मूल्यांकन गरेर त्यसै अनुसारको रणनीति तय गर्न सक्ने हो भने क्रान्तिको लागि वातावरण बन्न कुनै कठिनाई देखिदैन । जुन कुरा विश्व मानचित्रमा भियतनाम, चीन, क्युवा आदि देश उदाहरणको रुपमा सांक्षी छन् । जब व्यक्तिगत स्वार्थ हाबी हुन्छ तब जति सुन्दर सिद्धान्त भएता पनि असफल हुन्छ । नेपालको कम्युनिष्ट पार्टीमा यहि नियम लागू भएको छ । ब्यक्तिगत स्वार्थ कतिसम्म हाबी छ भन्ने कुराको केहि झलक प्रस्तुत गर्नु उपयुक्त होला । प्रदेश बिभाजन र नामाकरणको रस्साकस्सीको समयमा पश्चिममा थारुहरुले थरुहत राज्य माग गर्दै आन्दोलन गरिरहेका छन् । उता माओवादीकै नेता लेखराज भट्ट पश्चिम टुक्र्याउन पाइदैन भन्दै समर्थनमा सहभागी छन् । प्रचण्ड, वावुरामलाई आदिवासि/जनजातिको हक अधिकारको कुरा गर्दा गोत्र हत्याको आरोप लगाइन्थयो र उनिहरुका जातिबाट सत्तोसराप गरेको समाचारमै आउंथे । चारैतिरको दबाव र गोत्र रक्षाकै खातिर प्रचण्ड, वावुराम माओवादी बिसर्जन गर्न पुगेनन् मात्र पहिलो ंसंबिधान सभालाई समेत बिघटन गर्न पुगे । यता क्रान्तिकारी पार्टीभित्रका केहि कार्यकर्ता भन्छन् मेरो सन्तानलाई धोखा दिन चाहन्न । अनि नेत्रबिक्रम चन्दद्वारा नेतृत्व गरेको पार्टीबाट क्रान्तिको मोडलको रुपमा एकिकृत क्रान्तिको नारा घन्किन्छ । त्यति मात्र होइन समाजवादको विषयमा जनमत संग्रह हुनु पर्छ ।
यो समग्र विषय वस्तुलाई केलाउंदा के कुरा प्रष्ट हुन्छ भने आफु नेतृत्वमा आउनको लागि जस्तो पनि हर्कत गर्न तयार हुने नेपाली राजनीतिक दलहरुको दीर्घ रोग हो । यो रोग कम्युनिष्ट पार्टीमा बढि हाबी छ । त्यसैकारण नेपालमा कम्युनिष्टहरु सबभन्दा बढि फुट्ने र केहि दवावम!लक कामगर्ने अनि राजनीतिक भागबण्डामा संसदीय भासमा बेलाबखत आउने पिण्डो पाउन तछाड मछाड गर्ने ।
नेपालमा नौलो जनवाद
नेपालमा नौलो जनवाद सम्बन्धि खासैजति आवश्यक पर्दछ, त्यती विचारविमर्श गरेको पाइदैन । सशष्त्र बिद्रोहको कुरा उठ्यो र १० वर्षे बिद्रोह पनि भयो । तर नेपाल जस्तो खासगरि बृटिश कम्पनीसंग सन् १८१६ को सन्धिपछि अर्धऔपनिवेशिक अवस्थामा फस्न पुगेको देशमा यस विचारले कार्यनीनिक रुपमा प्रवेश पाएन । सिद्धान्तगत रुपमा देखा परेको बिचार ब्यबहारिक रुपमा लागू गर्ने सवालमा सधैं कमजोर देखियो । अझ अनौथो कुरा त के भैदियो भने नेपालका कम्युनिष्ट पार्टीमा मदन भण्डारीको नाम महान नेताको रुपमा अग्रपंक्तिमा आउंछ । उनले प्रतिपादन गरेको बहुचर्चित सिद्धान्त हो जनताको बहुदलिय जनवाद । बहुदलिय ब्यबस्था भन्नु र संसदीय ब्यबस्था भन्नुमा के अन्तर छ र ? नेपाल जस्तो पँुंजिको विकास नभएको र ग्रामिण उत्पादनको बजार खोसिएर आर्थिक अवस्था नै कमजोर बन्दै गइरहेको अवस्थामा नौलो जनवाद प्रमुख सिद्धान्तको रुपमा उदाउनु पर्ने थियो । सर्वहारा वर्गको अति उत्पिडन भएता पनि अति गरीविको कारण भोको पेटमा क्रान्तिको कुरा स्वर्गको बखान जस्तै हो । त्यो वर्गलाई क्रान्तिमा जोड्नको लागि सहकारी, उत्पादन, बजारीकरण र विचारमा एकाकार हुनु पर्ने थियो । जनता र राजनीतिक सिद्धान्तबीच एकरुपता भएन भने क्रान्तिले उल्टो धक्का खान पुग्छ । अथवा भनौं जनता र क्रान्तिकारी सिद्धान्तबीच मेल हुनु अति आवश्यक छ । नेपालमा जनता एकातिर राजनीतिक दल अर्कोतिर जस्तो अवस्था छ । जनताको समस्यालाई हल गर्ने भन्दा केहि स्वार्थीहरुलाई जम्मा गरेर जनता भन्दै उफ्रने नेपालको राजनीतिक दल आजपर्यन्त उस्तै रोगबाट ग्रसित छ । नेपालमा क्रान्ति गर्ने शक्तिको रुपमा न त किसान, मजदुर शसक्त छ न त राजनीतिक विचारले निखारिएको सेना छ । किसान असंगठित र अव्यबस्थित छ र उसको उत्पादन बजारमा मूल्यहिन छ । मजदुर ठेकेदारी कम्पनीमार्फत थोरै ज्यालामा जोतिन बाध्य छ । उसको जागिरको अबधि निश्चित छैन । कतिखेर उसको जागिर जान्छ भन्ने तनावबीच काममा जानु पर्छ । यस्तो अवस्थामा जनतालाई नै शक्तिको केन्द्र मानेर राजनीतिक कार्यनीति अनुसार कार्य गर्नु नै नौलो जनवादको सहि प्रयोग हो ।
नेपालका राजनीतिक दल
नेपालमा राजनीतिक दल भन्नासाथ माथि उल्लेख गरिए झैं प्राय: सबै ब्यक्तिगत स्वार्थभन्दा बाहिर जान सकेका छैनन् । नेपाली समाजले यस्तोसम्म घृणित परिघटना भोग्न बाध्य छ कि रबिन्द्र मिश्र जस्तो बौद्धिक र सचेत राजनीतिक नेताले समेत राजा चाहिन्छ भन्छन् भने अर्को बिकृतिको पराकाष्ठा खोज्न कहां जाने ? यो एउटा ब्यक्तिगत स्वार्थको पराकाष्ठा हो ।
नेपालको बहुसंख्यक राजनीतिक दल यत्तिमा मात्र सिमित छैनन् । केही दलहरु त वैदेशिक एजेन्टको रुपमा कार्यरत छन् । भारत, अमेरिका, युरोप जस्ता विस्तारवादी देशका एजेन्टका रुपमा बैधानिकताको लागि निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । यिनीहरुको काम उनिहरुले जे भन्छन्, जे आदेश दिन्छन् त्यहि गर्ने हो । त्यसैको प्रतिफल स्वरुप देशका प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रमुख नेताहरु सबै सामुहिक रुपमा होलि वाइन पिउन बाध्य भएको घटना ताजै छ । भारतले नेपालको कार्यपालिकामा सिधै हस्तक्षप गर्छ । तरकारी भित्रिन बन्द नगर्नु भन्छ । विषादी चेकजांच नगर्नु भन्छ । आदेशले मात्र पुगेन भने भारतीय व्यापारीको सिधै मन्त्री कार्यकक्षमा प्रवेश हुन्छ । भनेको नमान्दासाथ मन्त्री पद जान्छ । कहां, कसलाई नियुक्ति गर्ने र कहां कस्तो विकासको मोडल बनाउने सबै उनिहरुकै आदेश चल्छ । वास्तवमा नेपालमा राजनीतिक दल नेपाली जनतासंग जोडिएर उनिहरुको समस्या हल खोज्ने गरि ब्यबहारिक कार्यनीति छैन । कागजी कार्यनीति त आकासको तारा खसाल्न सक्ने बनेका छन् ।
सच्चा क्रान्तिकारी दलमा समेत ब्यबहारिक कार्यनीति एकदम कमजोर छ । नेपाली राजनीतिमा आम समस्याको रुपमा रहेको यो रोग सानो क्रान्तिले परिवर्तन हुने देखिदैन । कृष्णदास श्रेष्ठले भनेजस्तै क्रान्तिभित्र क्रान्तिको नीति अबलम्वन नगरि परिवर्तन आउने सम्भावना कम छ । कार्यकर्तामा विचारशुन्य अधिक समस्या देखिएको छ । विचारको ज्ञानमा कमी हुनासाथ नेतृत्वप्रति सहि गलत भन्दा पनि वफादारी प्रबृत्ति हाबी हुन जान्छ । अर्को प्रमुख कुरा के भने नेपालका संसदीय दलका विदेशी एजेन्ट जस्ता राजनीतिक दलप्रति आक्रोशित हुदै गाली गर्नुको कुनै तुक छैन । यिनीहरुले त विदेशी प्रभुहरुले भनेका आदेश पालना गरेका हुन् । फेरी हामीले भनेर उनिहरुले छोड्ने पनि होइनन् । किन कि उनीहरु त्यसैका लागि राजनीति गरेका हुन् । हामीले अब उनीहरुलाई होइन नेपाली जनतालाई गाली गर्नु पर्छ । उनीहरुका बिरुद्ध आन्दोलनका लागि तयारी गर्न जनतालाई आव्हान गर्ने होइन कि उनीहरुसंगै बसेर तयारी गर्नु आवश्यक छ । यदि नेपाली जनता विकास भएको देख्ने चाहना छ भने विदेशी डोनर (विदेशी आयोजना) बन्द गर्नु पर्छ । यो विदेशी सहयोग जुन जुन देशमा सक्रिय छ त्यहां त्यहांको देश गरिवमा पिल्सिन बाध्य छन् । यसले भ्रष्टाचार, अनियमितता मात्र बढाएको छैन विकासको काम समेत निराशा हात लागेको छ । यसले नेपालका स्थानीय नीति, नियम, सीप, कला, उत्पादनलाई हतोत्साही बनाएको छ । यदि विदेशी सहयोग लिने हो भने कार्यालय खोलेर सहयोग होइन प्रबिधि र प्रत्यक्ष विकास माग गरौं । विकासमा सहयोग लिने कार्यले देशलाई कति छिट्टै धनी बनाउंछ भन्ने उदाहरण मलेशिया हेरे पुग्छ । त्यसैले विदेशी सहयोग आजैको मितिदेखि बन्द गर्न पहल गरौं । आफ्नो देशको विकास नेपाली जनता आफै गरौं । नौलो जनवादको प्रयोग ग्रामिण इलाका, सुकुम्वासी, उत्पिडित जाति, क्षेत्र, लिङ्गबाट शुरु गर्न ढिला नगरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार