सिन्धुपाल्चोक जिल्ला अन्तरगत चौतारा साँगाचोक गढी नगरपालिकामा नेपाल तामाङ बोन्पो घेदुङको, विभिन्न वडाहरुका भेलाहरु सम्पन्न

सिन्धुपाल्चोक जिल्ला अन्तरगत चौतारा साँगाचोक गढी नगरपालिकामा नेपाल तामाङ बोन्पो घेदुङको, विभिन्न वडाहरुका भेलाहरु सम्पन्न

 

श्रावण २१ चैतरा ।
सिन्धुपाल्चोक जिल्ला अन्तरगत चौतारा साँगाचोक गढी नगरपालिकामा नेपाल तामाङ बोन्पो घेदुङको, विभिन्न वडाहरुरुका भेलाहरु सम्पन्न गरिएका छन् ।

प्रमुख अथिति नेपाल तामाङ घेदुङ, चौसा गढी नपा का अध्यक्ष: प्रविण लामा रहेको भेलाको सभापति नेपाल तामाङ बोन्पो घेदुङ, चौसा गढी नपा का अध्यक्ष: चिन बहादुर तामाङ हुनुहुन्थ्यो ।


अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ती मोर्चा का, केन्द्रीय सदस्य तथा ३ नं प्रदेश का सचिव: धन तामाङको विशेष पहल, विशेष उपस्थितीमा गरिएको भेलाको विशेष अथिति नेपाल तामाङ बोन्पो घेदुङका केन्द्रीय सदस्य, निर बहादुर तामाङ हुनुहुन्थ्यो ।
साथै सम्बन्धित सरोकारवाला ब्यक्तिहरूको आतिथ्यता र उपस्थिती रहेका थियो भेलाहरु सम्पन्न गरिएका थिए ।
वडाभेलाह्रुले आ–आफनो वडाको नेतृत्व चयन गरेका छन् , जसमा वार्ड नं. ४मा तुल्सीमान तामांगको नेतृत्वमा ७जनाको समिति र ३ जनाको सल्लाहकार चयन, वार्ड नं. ५मा रामबहादुर तामांगको नेतृत्वमा ९जनाको समिति र ३ जनाको सल्लाहकार चयन, वार्ड नं. ६मा मानबहादुर गोलेको नेतृत्वमा ७जनाको समिति र ३ जनाको सल्लाहकार चयन । त्यसैगरी वार्ड नं. ७मा तीर्थ तामांगको नेतृत्वमा १३जनाको समिति र ९ जनाको सल्लाहकार चयन गरिएको छ । वार्ड नं. ८मा चीन बहादुर गोलेको नेतृत्वमा १५जनाको समिति र १३ जनाको सल्लाहकार चयन, वार्ड नं. ९मा रामबहादुर तामांगको नेतृत्वमा ९जनाको समिति र ५ जनाको सल्लाहकार चयन, वार्ड नं. १०मा नीरबहादुर तामांगको नेतृत्वमा ९जनाको समिति र ७ जनाको सल्लाहकार चयन । साथै वार्ड नं. १२मा प्रेमबहादुर तामांगको नेतृत्वमा ७जनाको समिति र ३ जनाको सल्लाहकार चयन, वार्ड नं. १३मा हर्कबहादुर तामांगको नेतृत्वमा ७जनाको समिति र ३ जनाको सल्लाहकार चयन गरिएको छ ।


त्यसैगरी सोही नपाको वार्ड न.ं १, २, ३मा पनि जेठ १७ र १८ गते वार्ड भेलाहरु गरी नेतृत्व चयन गरिएको थियो । जसमा वार्ड नं. १मा दावा तामांगको नेतृत्वमा ९जनाको समिति र ७ जनाको सल्लाहकार चयन, वार्ड नं. २मा र्जगलाल तामांगको नेतृत्वमा ७जनाको समिति र ५ जनाको सल्लाहकार चयन र वार्ड नं. ३मा सिरे तामांगको नेतृत्वमा ७जनाको समिति र ५ जनाको सल्लाहकार चयन गरिएको थियो ।