काठमाडौं । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

४ लाख ८४ हजार २७८ विद्यार्थीहरूको नतिजा प्रमाणीकरण गरेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । ’नेपाल सरकारको निर्णयका आधारमा एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गर्ने भनेको थियो । त्यो आधारमा हामीले प्रमाणीकरण गरेका छौँ,’ उनले भने ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म÷संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

त्यस्तै इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३, जानकी टेक्टोलोजीको ३५००१, नेपाल टेलिकमको १६०० (एसएमएस र आईभीआर) र एनसेल प्रा.लि.को १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर