
२१ श्रावण काठमाडौँ ।
नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार नजिक पुगेको छ । २०७८ साउन २१ गते बिहिबार ३७ जनाको मृत्य भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण नौ हजार ९९४ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा नेपालमा तीन हजार ९३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।
यो अवधिमा दुई हजार १२ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा एक हजार ७५ जना सङ्क्रमित थपिएका छन्, जसमा काठमाडौँमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना रहेका छन् ।
