पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ९३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, आज एकैदिन ३७ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ९३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, आज एकैदिन ३७ को मृत्यु


२१ श्रावण काठमाडौँ ।
नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार नजिक पुगेको छ । २०७८ साउन २१ गते बिहिबार ३७ जनाको मृत्य भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण नौ हजार ९९४ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा नेपालमा तीन हजार ९३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।
यो अवधिमा दुई हजार १२ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा एक हजार ७५ जना सङ्क्रमित थपिएका छन्, जसमा काठमाडौँमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना रहेका छन् ।